यो सेतो भाले गैँडाको उमेर ढल्किरहेको छ र ऊ केन्याको जंगलमा आफ्ना दुई पोथी साथीहरुसँग बसिरहेको छ ।
उक्त गैँडाको प्रजननका लागि अहिलेसम्म गरिएका प्रयासहरु सफल हुन सकेका छैनन् ।
यो गैँडाको प्रजाति जोगाउनका लागि गैँडाको कृत्रिम प्रजनन अर्थात्
इनभिट्रो फर्टिलाइजेसन प्रविधिको आविष्कार गर्नु आवश्यक हुन्छ र यसका लागि
एक करोड डलर आवश्यक पर्दछ । त्यसैले सो रकम जम्मा गर्नका लागि उक्त गैडालाई
टिन्डरमा जोडिएको छ ।
यो गैँडालाई तस्करहरुले मार्छन् की भनेर यसलाई २४ से घण्टा सुरक्षा घेरामा राखिएको छ ।
यो गैँडाको नाम सूडान हो । उसको टिन्डर प्रोफाइलमा लेखिएको छ: मैले धेरै
टाढाको कुरा गर्न चाहन्न तर यथार्थ त यो हो की मेरो प्रजातिको भविष्य केवल
तपाइँको हातमा टिकेको छ ।
गैँडाको सुरक्षा तथा बचावटको लागि काम गर्ने वन्यजन्तु
संरक्षणकर्मीहरुको विश्वास छ की सूडानको टिन्डर प्रोफाइलले उसको प्रजनन
प्रक्रियाका लागि आवश्यक रकम जुटाउनमा मद्दत गर्नेछ ।
एक अनुमान अनुसार अवैध सिकारीहरुले सेतो गैँडाको सिङलाई ५० हजार डलर प्रति किलोको हिसाबले बेच्ने गर्छन्
वन्यजन्तु संरक्षणकर्मीहरुको चिन्ता छ की यो अन्तिम भाले गैँडा उसको प्रजाति बचाउने रकम जुट्नु अघि नै बुढेशकालले मर्नसक्छ वा उसलाई तस्करहरुले मार्न सक्छन् । यो गैँडा अहिले ४३ वर्षको भैसकेको छ ।
गैँडा विज्ञका अनुसार यो खतरा सदैव रहेको छ, किनकी ऊ बुढो भैसकेको छ र ऊ
अवश्य छिटै मर्नेछ । साथै तस्करहरुले उसलाई कुनैपनि बेला मार्ने खतरा पनि
रहेको छ ।
No comments:
Post a Comment