२३ बर्षमा ३८ सन्तान - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 1, 2017

२३ बर्षमा ३८ सन्तान

आमा बन्नु एक महिलाका लागि खुसीको कुरा हो । एउटी महिलाको जीवन आमा नबनेसम्म अधुरो रहने कुरा धेरैले गर्छन् । हरेक महिलामा बच्चा जन्माउने चहाना पक्कै हुन्छ । एउटी महिलाले आफ्नो जीवन कालमा बढीमा कति जना बच्चा जन्माउँन सक्छिन् ? यो एउटा अनुत्तरित प्रश्न हो । यहाँ एउटी यस्ती आमाको चर्चा गर्दैछौं । जसले जन्माएका बच्चाको सङ्ख्या सुन्दै जोकोहीको सातो उड्न सक्छ ।अझ उनले ती बच्चाप्रति निभाएको जिम्मेवारीबारे जान्ने जो कोहीलार्इ पत्याउन मुश्किल पर्छ ।

अफ्रिकी राष्ट्र युगाण्डाकी मारियम नातांबाजी जम्मा ३७ बर्षकी भईन बिहे गरेको २४ बर्ष भयो । यस बीचमा उनले ३८ जना सन्तान जन्माइन जुन सुन्दैमा अपत्यारिलो छ । युगाण्डाको मुकानो क्षेत्रको कबिम्बिरी गाउँमाकी बासिन्दा उनलाई बच्चा पाउने मेसिन भन्ने गरिन्छ ।



१२ बर्षको उमेरमा सन १९९३ मा ४० बर्षीय पुरषसँग बिहे गरेकी मारियमले १९९४ मा १३ वर्षकै उमेरमा पहिलो पटक जुम्ल्याहा सन्तान जन्माएकी थिइन । ३८ वटा बच्चा जन्माउने क्रममा उनले ६ पटक २ वटा, ४ पटक ३ वटा, ३ पटक ४ वटा बच्चा जन्माइन । दुई पटक भने मारियमले एक-एक वटा मात्रै बच्चा जन्माइन । उनले सबै बच्चा प्राकृतिक रुपमै जन्माएकी हुन भने उनको स्वाथ्यमा पनि त्यस्तो कुनै खराबी देखिएको छैन् ।

मारियम परिवार नियोजनका लागि डाक्टरसँग सल्लाह लिन पनि गएकी थिइन । तर डाक्टरले उनलाई परिवार नियोजन गर्नबाट रोकिदिए । उनको शरीरमा अत्याधिक मात्रामा डिम्ब उत्पादन हुने भएकाले उनलाई बच्चा जन्माउन रोकेमा उनको स्वाथ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्ने भन्दै डाक्टरले परिवार नियोजन गर्न रोकिदिएको बताइएको छ ।

आफ्ना बाबुको पनि अलग-अलग महिलाबाट जन्मिएको ४५ जना सन्तान रहेको मारियमले बताइन । उनका सबैभन्दा जेठा छोरा चार्ल्स मुसीसी २३ बर्षका भए । मरियमले बताए अनुसार उनका पतिले उनको रेखदेख गर्दैनन् । बिहान सबेरै घरछोड्ने उनका पति राती अबेर मात्रै घर फर्कन्छन् । बच्चाहरुको हेरचाहमा पनि कुनै सहयोग गर्दैनन् । उनका बच्चालाई आफ्नो बाबुको अनुहार पनि याद छैन् । उनका जेठा छोराले १३ बर्षको उमेरका पछिल्लो पटक बाबुको अनुहार देखेको बताउछन् ।

बच्चाहरुको आमा र बाबु दुवैको जिम्मेवारी मारियमले नै निभाउनु परेको छ । उनीसँग खेतीपातीका लागि कुनै जमिन छैन । उनले विभिन्न काम गर्दै यति ठूलो पविारका लागि आर्थिक श्रोत जुटाइरहेकी छिन् । उनका सबै सन्ताहरु विद्यालय पनि जाने गरेका छन् । आफ्ना सन्तानलाई डाक्टर, शिक्षक, वकिल बनाउने लक्ष रहेको मारियम सुनाउँछिन् । उनका जेठा दुई सन्तानले नर्सको अध्ययन पूरा गरि कामको खोजीमा लागेका छन् । उनका ठूला सन्तानहरुले पनि उनलाई काममा सहयोग गर्ने गर्छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here