बिशेष पास बिहेका लागि - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 10, 2017

बिशेष पास बिहेका लागि

पहिलो चरणको निर्वाचन हुने स्थानहरुमा बैशाख ३१ गते मतदानको दिन सवारी चलाउन पाइँदैन । उम्मेदवार, सुरक्षा निकाय, पर्यवेक्षक, सञ्चारकर्मी लगायतका लागि विशेष पासको व्यवस्था गरिएको छ । तर, पास चाहियो भन्दै जिल्ला प्रशासन कार्यालयमा उम्मेदवार र पत्रकार मात्र पुगेका छैनन् । मतदानको दिन विवाह कार्यक्रम परेको भन्दै निवेदन दिएको भेटिएको छ ।
 
स्थानीय प्रशासनले भने यो माग अस्वीकार गरेको छ । निर्वाचन सुरक्षाका कारण विवाहमा प्रयोग हुने गाडीलाई बिशेष पास दिन नसक्ने उसले बताएको छ ।

अधिकृत महेश दाहालले भने, ‘बिवाहका लागि बिशेष पास चाहियो भन्दै निवेदन आएका छन्, तर कार्यविधीमा त्यस्तो व्यवस्था नभएका कारण हामीले दिन सकेनौं ।’

१५ सय बिशेष पास वितरण
काठमाडौं उपत्यकामा मात्र मात्र बढी विशेष पास वितरण भएको पाइएको छ । पत्रकारका लागि सुचना विभागको सिफारिसमा र अन्य व्यक्तिका लागि निर्वाचन आयोगको सिफारिसमा त्यस्तो पास वितरणको काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्वाचन आयोगबाटै पास वितरण गरिरहेको छ । अधिकृत महेश दाहालका अनुसार अहिलेसम्म चुनावको दिनका लागि संचारकर्मी, पर्यटक, उम्मेदवार, पर्यवेक्षक, कुटनीतिक नियोगका सवारी साधन, अन्र्तराष्ट्रिय संघ संस्था र विमानस्थलसँग सम्वन्धित संघसंस्था लगायतलाई करिब १५ सय बिशेष पास वितरण गरिसकेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here