कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 9, 2017

कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच रुकुमको सानीभेरीमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । सानीभेरी गाउँपालिकाको वडा नम्बर १ चाइनाबगरमा दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी दुवै तर्फका केही कार्यकर्ता सामान्य घाइते भएका छन् ।
 
झडपले उग्र रुप लिन थालेपछि हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले बताउनुभयो । उहाँकाअनुसार अहिले चाइनाबगरको अवस्था सामान्य हुँदै गएको छ । नेपाली कांग्रेसको तर्फबाट सानीभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दले चुनावी कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको बताउनुभयो । 
 
माओवादी केन्द्रको तर्फबाट सोही गाउपालिकाको अध्यक्षका उम्मेदवार नरबहादुर पुनले भने कांग्रेस कार्यकर्ताको कारण झडपको वातावरण बनेको दावी गर्नुभयो । तीन दिन अघि नै निर्धारित कार्यक्रममा कांग्रेस कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएका उहाँको दावी छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here