संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source)
सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धी एक दिने सेमिनार कार्यक्रम “वर्ड
क्याम्प काठमाडौं-२०१७” को आयोजना आगामी जेठ ६ गते काठमाडौंमा हुने भएको छ
। वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम
हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा
सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प
पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुँदै आएको छ ।
एक तथ्यांकआनुसार विश्वका सम्पूर्ण वेबसाईटमध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ । यस संस्करणको वर्डक्याम्प माइतीघरस्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ
। कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र
विभिन्न बिषयहरुका बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन । कार्यक्रम
वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि,
सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित
व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुने आयोजक कमिटीका अर्जुन
सिंह ठकुरीले जानकारी दिए ।
कार्यक्रममा २५० जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रमलाई
वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन
गरेका छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी
ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न
बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपुर्ण हुने
बताईएको छ ।
संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक बर्ष आयोजना हुने
वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने
लाखौलाई जोड्ने र यस क्षेत्रका आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुको
लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि ठकुरीले दिए ।
No comments:
Post a Comment