मिनिट्रकको ठक्करले उपसचिवको मृत्यु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

May 21, 2017

मिनिट्रकको ठक्करले उपसचिवको मृत्यु

मिनिट्रकको ठक्करले काठमाडौंको बानियाँटारमा मिनिट्रकले ठक्कर दिँदा राष्ट्रिय सहकारी विकास बोर्डका निर्देशक तथा उपसचिव ऋषिराम पण्डितको शनिबार बिहान मृत्यु भएको छ । मर्निङवाकमा निस्किएका पण्डितलाई गंगबुबाट आउँदै गरेको बा २ ख ५७३० नम्बरको मिनिट्रकको ठक्करले पण्डितको घटनास्थलमा नै मृत्यु भएको हो ।  
 
व्यास नगरपालिका ९ तनँहु स्थायी घर भएका पण्डित बनियाँटारमा बसोबास गर्दै आएका थिए । पण्डित श्रीमतिसँगै मर्निङवाकमा निस्केका थिए । मिनिट्रकको ठक्करले भुइँमा लडेका पण्डितलाई  श्रीमतीले बचाउन खोज्दा मिनिट्रक चालकले ब्याक गरेर किचेको  स्थानीयले दाबी गरेका छन् । पण्डितको घटनास्थलमै मृत्यु भए पनि उनको श्रीमतीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त महराजगन्जले जनाएको छ । महानगरीय प्रहरी वृत्त महराजगन्जका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले दुर्घटना गराउने चालक र सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । 

ठक्कर दिने मिनिट्रकका चालकसँग सवारीचालक अनुमतिपत्र लाइसेन्स नै नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उक्त मिनिट्रक सहचालक लक्ष्मण सिटौलाले चलाएको प्रहरीको भनाइ छ । ‘दुर्घटना हुँदा उक्त मिनिट्रक सहचालक लक्ष्मण सिटौलाले चलाएका थिए,’ प्रहरी स्रोतले भन्यो, ‘सहचालकले आफूसँग लाइसेन्स  नभएको प्रारम्भिक बयान दिएका छन् ।’  

त्यसैैगरी शनिबार नै सवारी दुर्घटनामा भक्तपुरमा पनि एक पैदलयात्रुको मृत्यु भएको छ । शनिबार पौने १२ बजे अनटेष्ट लेखिएको जेसीबीको ठक्करले गुल्मी स्थायी घर भएका गौतम विकको मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारको क्रममा युवा मोरा अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आ.व. ०७२÷७३ मा १ सय ६६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले सडकमा व्यवस्थित पूर्वाधार नहुँदा सडक दुर्घटनाको जोखिम बढिरहेको  बताए । ‘उपत्यकामा भएका फुटपाथजति सबै व्यापारीले अतिक्रमण गरेका छन् । पैदलयात्रीको लागि टेक्ने ठाउँसमेत छैन । जसले गर्दा जोखिम मोलेर नै सडकमा  हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘सडक सुधार्न पटकपटक सडक विभाग तथा महानगरपालिकालाई घचघच्याइसक्यौं । तर, अहिलेसम्म सडकमा चाहिने अत्यावश्यक पूर्वाधार बन्न सकेको छैन ।’ 

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार सवारी चालकले जानाजानी दुर्घटना गराएर पैदलयात्रुको मृत्यु भएमा सर्वस्वसहित जन्मकैद हुन्छ । सवारी दुर्घटनाकै कारण कुनै व्यक्तिको मृत्यु भएमा दुई वर्षदेखि १० वर्षसम्म कैद हुन्छ । बिनालाइसेन्स सवारी चलाएर दुर्घटना गराएमा थप दुई वर्ष कैद र सवारी चलाउन निर्देशन दिनेलाई समेत कारबाही गर्न सकिने प्रावधान छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here