निर्वाचन आयोगले आसन्न स्थानीय तह
निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन
गर्ने भएको छ ।
मतदान प्रक्रियाबारे मतदातामा कायम अन्योल अन्त्यका लागि मतदाता शिक्षा
कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगले जनाएको छ । मतदातालाई निर्वाचन
चिह्न र मतदान प्रक्रियाबारे जानकारी दिन ६ हजार ६ सय ४२ मतदान केन्द्रमा
मतदाता शिक्षाका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय भएको आयोगद्वारा जारी
विज्ञप्तिमा उल्लेख छ ।
मतदाता स्वयंसेवकहरुले आगामी बिहीबारबाट तीन दिन मतदानसम्बन्धी सम्पूर्ण
प्रक्रियाबारे मतदातालाई जानकारी गराउने आयोगका प्रवक्ता सुर्यप्रसाद
शर्माले बताउनुभयो ।
आगामी २८ गतेदेखी मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको निर्वाचन
आयोगले सोही समयमा मतदातालाई निर्वाचन चिह्नबारे समेत जानकारी दिने भएको हो
। मतदाता स्वयंसेवकले मतदाता परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने
तरिकाबारे जानकारी गराउनेछन् ।
निर्वाचन आयोगले सम्पुर्ण मतदाता शिक्षा स्वयंसेवकलाई अनिवार्य रुपमा
उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।
No comments:
Post a Comment