स्तन क्यान्सरकाे समयमा नै उपचार गरौं, ढिला नगराैं - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 19, 2017

स्तन क्यान्सरकाे समयमा नै उपचार गरौं, ढिला नगराैं

 http://www.besthealthmag.ca/wp-content/uploads/2016/01/healthy-breasts.jpg


पाँचथरकी रमिला श्रेष्ठ (नाम परिवर्तन) ले स्तनमा एक महिनाअघि सानो गाँठो आएको महसुस गर्नुभयो । सुरुमा के भएको थाहा नपाएकी उहाँले रेडियोमा विज्ञापन सुनेर क्यान्सर हो कि जस्तो लागेर परीक्षण गराउन भक्तपुर आउनुभयो । भक्तपुर क्यान्सर अस्पतालमा परीक्षण गरेपछि क्यान्सर भएको पुष्टि भयो । उहाँले क्यान्सरग्रस्त दुवै स्तनको शल्यक्रिया गर्नुभयो ।

‘पहिले मेरो स्तनमा सानो गाँठो आयो । मैले चिने/जानेका कसैमा यस्तो भएको थाहा थिएन । अरूलाई सोध्दा थाहा छैन भन्नुहुन्थ्यो', श्रेष्ठले भन्नुभयो, ‘त्यसपछि स्तनमा एक्कासि दुख्ने, चिलाउने, घोच्ने र हल्का सुनिन्थ्यो । दैनिक काम गरेर गाह्रो भएको होला भनी बसेकी थिएँ । रेडियोबाट यी लक्षण भए क्यान्सर हुन सक्छ भनी जानकारी पाएँ, अनि यहाँ आएँ ।'

त्यस्तै। सिन्धुपाल्चोककी सविता दाहाल (नाम परिवर्तन) को स्तनमा पनि यस्तै समस्या आयो । पुसदेखि समस्या आएपछि वीर अस्पतालमा परीक्षण गराउन जानुभयो । ‘वीरमा शल्यक्रिया गरेर घर फर्किएँ । तर, एक सातापछि नै घाउ पाक्यो । फेरि घरमा सल्लाह गरी भक्तपुर क्यान्सर अस्पताल पुगेँ', उहाँले भन्नुभयो, ‘यस्तो रोग लुकाएर राख्नुहुँदैन । थाहा पाउनासाथ उपचार गरिहाल्नुपर्छ ।' उहाँको दायाँ स्तनमा क्यान्सर भएको थियो ।

स्तनमा दुख्ने वा नदुख्ने गाँठो आउने, दुवै स्तन समान नभई आकार र बनोट फरक हुनु, मुन्टोबाट रगत वा फोहोर पानी बग्नु, स्तनको छालाको रंगमा परिवर्तन हुनु स्तन क्यान्सरका लक्षण हुन् ।

स्तन क्यान्सर विशेषज्ञ उत्सवमान श्रेष्ठले स्तन क्यान्सर जोसुकैलाई हुने गर्छ । उहाँले विशेष गरी ४० वर्षमाथिका महिलालाई स्तन क्यान्सर बढी हुने जानकारी गराउनुभयो । ‘ढिला बच्चा जन्माउने, अनावश्यक एक्सरे गर्नु , व्यस्त जीवन शैली, राम्रोसँग स्तनपान नगराउनु, धूमपान तथा मद्यपान, पोलेको खानेकुरा खानु, व्यायामको कमी, बोसोजन्य पदार्थ धेरै सेवन तथा वंशाणुगत स्तन क्यान्सरका प्रमुख कारण हुन्', उहाँले भन्नुभयो, ‘४० वर्ष पछि समयसमयमा उपचार गर्ने, लाज नमानी समस्या आउनासाथ उपचार गर्ने, खानपानमा ध्यान दिए यसबाट बच्न सकिन्छ ।'

आफ्नो स्तन आफैं जाँच्ने, चिकित्सकद्वारा जाँचेर, मेमोग्राफ, अल्ट्रासाउन्ड वा एक्सरे र बायोप्सीबाट क्यान्सर उपचार गर्न सकिन्छ । कुनै पनि गाँठा हानेर, तन्काएर, कोसिकाको अध्ययन गरी क्यान्सर हो या होइन भनी पत्ता लगाउन सकिने प्याथोलोजिस्ट डाक्टर राकेश पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिलामा हुने पाठेघरको मुखको क्यान्सर पछि स्तन क्यान्सर दोस्रो ठूलो हो । म दिनमा तीन जनालाई क्यान्सर भएको पत्ता लगाउँछु । महिलालाई मात्र नभई पुरुषमा पनि यो देखा परेको छ ।'

क्यान्सर निको हुन उपचारमा मात्र नभई बिरामीमा आत्मविश्वासको पनि आवश्यक पर्ने चिकित्सकको भनाइ छ । स्तन क्यान्सरका विशेषज्ञ श्रेष्ठले भन्नुभयो, ‘यो रोग निको हुन उपचार मात्र पर्याप्त हुँदैन । यसका लागि विरामीको आत्मविश्वास पनि दह्रो हुनुपर्छ ।'

सन् २०१६ मा मात्र भक्तपुर क्यान्सर अस्पतालबाट तीन सय २८ जनालाई स्तन क्यान्सर भएको पत्ता लगाएको थियो । तीमध्ये तीन जना पुरुष थिए । पछिल्ला केही वर्षका तुलनामा यस वर्ष धेरै मानिस स्तन क्यान्सरका बिरामी उपचार गर्न आएको अस्पताल प्रशासनको भनाइ छ । ‘पहिले यससम्बन्धी कुनै चेतना थिएन । तर, अहिले सञ्चारमाध्यमले दिने सूचना, विभिन्न संघ सस्थाले यससम्बन्धी गरेको घरदैलो कार्यक्रम, क्यान्सरबारे पाठ्यपुस्तकमा समाविष्ट पाठ तथा विभिन्न चेतनामूलक कार्यक्रमले संख्या बढेको हो,' श्रेष्ठले भन्नुयभो ।

उहाँले क्यान्सर लुकाएर राख्नुहुँदैन भनी आएको चेतनाले गर्दा नै उपचार गर्ने संख्या बढेका र निको भएको समेत उल्लेख गर्नुभयो । (प्रशिक्षार्थी)

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here