विभिन्न कारण आफ्नो थातथलो छोडेर बिस्थापित
हुनेको संख्या विश्वभर हालसम्मकै उच्च भएको छ । संयुक्त राष्ट्रसंघको
शरणार्थीसम्बन्धी नियोगले सन् २०१६ सम्म विश्वभरमा शरणार्थी तथा आन्तरिक
रुपमा बिस्थापित हुनेको संख्या ६ करोड ५६ लाख पुगेको जनाएको छ ।
राष्ट्रसंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा मात्रै बिस्थापित
हुनेको संख्या ३ लाखले बढेको छ । विस्थापित हुनेमा ८४ प्रतिशत गरीब र कम
आय भएका मुुलुकका नागरिक रहेको राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।
करिब ६ बर्षयता जारी युद्धका कारण सबैभन्दा बढी सिरियाका ५५ लाख नागरिक
मुलुक छोडेर भागेका छन् । यस्तै, अफ्गानिस्तानका २५ लाख र दक्षिणी सुडानका
१४ लाख नागरिकले विभिन्न मुलुकमा शरणार्थी जीवन बिताइरहेको राष्ट्रसंघले
जनाएको छ ।
ठूलो संख्याका शरणार्थीलाई टर्कीले शरण दिइरहेको छ ।
यस्तै, पाकिस्तान,
लेबनन्, इरान, युगान्डा र इथियोपियामा पनि ठूलो संख्यामा शरणार्थी रहेको
राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्त फिलिपो ग्रान्डीले पछिल्लो
तथ्यांकलाई अन्तर्राष्ट्रिय कुटनीतिक असफलताको संज्ञा दिदै विश्वका समृद्ध
मुलुकले शान्ति स्थापनाको लागि कुनै पहल नगरेको आरोप लगाउनुभएको छ ।
No comments:
Post a Comment