उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 8, 2017

उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार

 एका बिहानै उत्तर कोरियाद्वारा श्रृखलाबद्ध मिसाइल प्रहार


उत्तर कोरियाले बिहीबार बिहान श्रृखलाबद्धरुपमा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर प्रति केही उदार मानिने 'मून जे इन ' दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि उसले गरेको यो पाँचौ मिसाइल परीक्षण हो । उत्तर कोरियाले बिहीबार पूर्वी तटबाट श्रृखलाबद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तरको पूर्वी तटबाट प्रहार गरिएका मिसाइल २०० किलोमिटर टाढा पुर्वी सागरमा खसेको दक्षिण कोरियाली सेनाले दावी गरेको छ । खाङ्वन प्रान्तको वन्सन नजिकैबाट चरणवद्ध मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाका जोइन्ट चिफ्स् अफ स्टाफले जनाएका छन् । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको जानकारी राष्ट्रपति 'मून जे इन'लाई गराएको सैनिक श्रोतलाई उद्धृत गर्दै कोरियली सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुन राष्ट्रपति भएपछि उत्तर कोरियाले आणविक तथा मिसाइल परीक्षण रोक्ने कतिपयको विश्लेषण थियो । यद्यपी अमेरिकाले दक्षिण कोरियामा मिसाइल प्रतिरोधात्मक प्रणाली थाड तैनाथ गरेपछि क्रृद्ध बनेको उत्तरले त्यसयता मिसाइल परीक्षणलाई तीब्रता दिएको छ । जसको अन्तर्राष्ट्रिय समुदायले चर्को रुपमा विरोध जनाउदै आएका छन् भने संयुक्त राष्ट्र संघ, अमेरिका लगायत पश्चिमा राष्ट्रहरुले उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पारेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here