कुख्यात ‘विकिनी किलर’ चार्ल्स शोभराज - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 8, 2017

कुख्यात ‘विकिनी किलर’ चार्ल्स शोभराज


‘विकिनी किलर’का नामले संसारभर कुख्याती कमाएका चार्ल्स शोभराजको कडा सुरक्षा घेराबीच मुटुको जाँच गरिएको छ । नेपालको जेलमा रहेका शोभराजको आगामी शनिबार ओपन हार्ट सर्जरी हुन लागेको भारतीय पत्रिका दि इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

शोभराज केही दिनअघि हृदयघात भएर केन्द्रीय कारागारमै ढलेका थिए । ७३ वर्षीय कुख्यात अपराधी शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् । इण्डियन एक्सप्रेसले शोभराजसँग अस्पतालबाटै टेलिफोनबाट कुरा गरेको जनाएको छ ।
शोभराजले भनेका छन्– मलाई थाहा छैन, म यसपटक बाँच्छु कि बाँच्दिनँ । मलाई मृत्युको धम्की आइसकेको छ । उसै पनि फ्रान्समा भन्दा नेपालमा ओपन हार्ट सर्जरीमा बढी खतरा हुन्छ । नेपालमा ३ देखि ५ प्रतिशत मान्छेको ओपन हार्ट सर्जरीमा ज्यान जान सक्छ, जब कि फ्रान्समा १ प्रतिशतमात्र खतरा रहन्छ ।
गंगालाल अस्पतालका कार्डियोलोजिस्टहरुले आफूलाई जतिसक्दो चाँडो मुटुको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको शोभराजले बताएका छन् । उनको मुटुको एउटा भल्भ पूरै ड्यामेज भएको र अर्को आधा ड्यामेज भएको विज्ञहरुले बताएका छन् । 

शोभराजले भनेका छन्–  सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो, उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो

शोभराजले भनेका छन्–अवश्य पनि म नर्भस भएको छु ।
बिगत ५ वर्षदेखि शोभराजको मुटुको नियमित जाँच गरिरहेका एक बरिष्ठ मुटु रोग विशेषज्ञले शोभराजको अवस्था खतरायुक्त नभए पनि धेरै गम्भीर रहेको बताएको इन्डियन एक्सप्रेसले दाबी गरेको छ । चिकित्सकले भनेका छन्– उनको तत्काल मुटुको भल्भ फेर्नुपर्ने देखिएको छ । उनलाई मैले जेलमै गएर नियमित जाँच गरिरहेको छु ।आगामी शनिबार उनको भल्भ फेरिन्छ ।

शोभराजले आफ्नो मुटु रोगको रिपोर्ट आफ्नो साथी मार्फत फ्रान्स र बेलायतका मुटुरोग विशेषज्ञहरुलाई पनि देखाएका थिए । आफू एक वर्षअघि नै नेपालको जेलबाट मुक्त हुनुपर्ने भए पनि यहाँका सरकारी अधिकारीहरुले आफू विरुद्ध जुनसुकै घटना हुने भएकाले उनीहरुलाई मलाई खतरामा पार्न नचाहेको शोभराजको प्रतिक्रिया छ ।
शोभराजले भनेका छन्– हालसालै नेपालको सर्बोच्च अदालतमा भएको एउटा सनुुवाइमा मविरुद्ध केस हाल्ने एउटा स्थानीय व्यक्तिले मलाई फेरि धम्की दियो । उसले मलाई नेपालकै जेलमा मरेको हेर्न चाहान्छु भन्यो । त्यसैले मैले फ्रान्सेली दूतावासमा आफ्नो ज्यान सुरक्षाका लागि लेखेर पठाएको छु ।’

भारतीय पत्रिकालाई शोभराजले भनेका छन्– ‘मलाई उनीहरुले नेपाल सरकारबाट अस्पतालमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिएको बताएका छन् । शोभराजले आफूलाई जेलभित्र खाना पकाएर खान नदिइएको भन्दै आफू कमजोर हुँदै गएको बताएका छन् ।

केही वर्षअघि शोभराजसँग १८ वर्षीया नेपाली किशोरी निहिता विश्वासले जेलभित्रै बिहे गरेकी थिइन् । तर पछिल्लो समयमा उनी शोभराज भेट्न जान छाडेकी छन् । आफू अस्पतालमा पनि ह्वीलचेयरमा आएको र उपचारपछि आफूले पुनः रिहाईका लागि पुनरावेदन गर्ने शोभराजले बताएका छन् ।

पेरिस फर्किएर आफूले धेरै काम गर्ने योजना बनाएको समेत शोभराजले बताएका छन् । शोभराजको जीवन र उनले गरेका अपराधसँग सम्बन्धित किताब प्रकाशन भइरहेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here