नवनिर्वाचित प्रधानमन्त्री शेरवहादुर
देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा
शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै मोदीले टेलिफोन गरी देउवालाई कार्यकाल
सफलताको शुभकामना दिनुभएको देउवाका सहयोग बद्री सिग्देलले जानकारी दिनुभयो ।
सो क्रममा मोदीले देउवको कार्यकालमा नेपाल र भारतबीचको सम्वन्ध थप उचाईमा
पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
नेपालमा शान्ति, स्थायीत्व र बिकासका लागि भारतीय सुभेक्षा सधै रहने भन्दै
मोदीले हरेक प्रकारको सहयोग गर्न भारत तयार रहेको प्रतिबद्धता ब्यक्त
गर्नुभयो ।
No comments:
Post a Comment