कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 9, 2017

कार्यकर्ता जेलमा राखेर चुनावमा जान सकिन्न

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान दोहोर्‍याएका छन् ।

संसद्‍मा शुक्रबार बोल्दै यादवले सरकारले संविधान संशोधन, आन्दोलनका घाइतेको उपचार, मृतकका परिवारलाई राहत, क्षतिपूर्ति, सहिद घोषणालगायत माग पूरा नगरेसम्म चुनावमा सहभागी नहुने बताएका हुन् । उनले भने, ‘सरकारले अहिलेसम्म सहमति कार्यान्वयन गरेको छैन । हाम्रा कार्यकर्ता जेलमा छन् । उनीहरुलाई बाहिर राखेर चुनावमा जान सकिँदैन ।’ माग पूरा गरेर सरकारले वातावरण बनाएमा चुनावमा जाने उनको भनाइ छ । राजपाले भाग नलिए निर्वाचनको वैधानिकता समेत नहुने यादवले जिकिर गरे ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति कार्यान्वयनका लागि विश्वासको वातावरण बनाएको भन्दै यादवले त्यही गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले माग सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरे । उनले दाहाल र देउवा सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन हुनपर्ने बताएका हुन् । आफ्ना माग पूरा गर्न सत्तापक्ष नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि उत्तिकै जिम्मेवार रहेको उनको भनाइ छ । कांग्रेस, एमाले, माओवादीबीच राष्ट्रिय एकता गरेर राष्ट्रिय समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ ।

नेता सर्वेन्द्रनाथ शुक्लले तराई–मधेसमा विभिन्न प्रकारका शङ्का तथा उपशङ्का उत्पन्न भइरहेको भन्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउनुपर्नेमा जोड दिए । आफूहरु निर्वाचनमा जान चाहेको भन्दै जबरजस्ती आन्दोलनमा नधकेल्न उनले चेतावनी दिए । सरकारले वार्ता, संवाद नगरेकोमा उनले असन्तुष्टि पोखे । उनले पनि संविधान संशोधन, मृतक कार्यकर्तालाई सहिद घोषणा, घाइतेको उपचार, राहत, क्षतिपूर्ति तत्काल व्यवस्था गर्न सरकारसँग माग गरे ।

यस्तै, संघीय समाजवादी फोरमका सांसद शिवजी यादवले राष्ट्रिय समस्या समाधान गर्ने लक्ष्यसहित प्रधानमन्त्रीमा निर्वाचित शेरबहादुर देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्न अग्रसरता लेओस् भने ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here