पाँचथरमा एक व्यक्तिकाे हत्या - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 9, 2017

पाँचथरमा एक व्यक्तिकाे हत्या

 Image result for murder


पाँचथरको फिदिम नगरपालिका वडा नं १ साब्राङमा शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ । फिदिम-१ बस्ने ६४ वर्षीय भीमबहादुर केरुङ को हत्या भएकाे हाे ।

हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय चन्द्रे भन्ने विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिप्रका, पाँचथरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलका अनुसार उनीहरुबीच नाता सम्बन्ध पर्ने र जग्गा विवादको विषयलाई लिएर हत्या गरिएको हुनसक्ने बताइएको छ ।

केरुङको शव परीक्षणका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here