जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jun 13, 2017

demo-image

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु

Responsive Ads Here
 .com/blogger_img_proxy/


पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । जङ्गली च्याउ खाँदा बिरामी परेका ४ वर्षीय रुपेश गाहाको आइतबार राति उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

गत जेठ २६ गते घर नजिकैको जङ्गलबाट खोजेर ल्याइएको जङ्गली च्याउ खाँदा ४५ वर्षीया ऋषिसरा गाहा र उनकी बुहारी २१ वर्षीया इनमाया गाहा, उनका नाति रुपेश गाहा बिरामी परेका हुन् । ऋषिसरा र इनमायाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । 

जङ्गली च्याउ खाँदा रामपुर नगरपालिका–३, गैलुकमा केही समयअघि पाँचजनाको मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *