राजपाको बन्दले विराटनगर प्रभावित - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 13, 2017

राजपाको बन्दले विराटनगर प्रभावित

 राजपाको बन्दले विराटनगर प्रभावित
 
 
राष्ट्रिय जनता पार्टीले आयोजना गरेको आमहड्तालको प्रभाव मंगलबार विहानैदेखि विराटनगरमा पनि परेको छ । विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्था, बजार, पसल, उद्योग कलकारखाना पूर्णरुपमा ठप्प छन् । विहानैदेखि विराटनगरको चौकचौकमा निस्किएका बन्दकर्ता पसल र सवारी साधन बन्द गराउँदै हिडिरहेका छन् । ठूला तथा साना सवारी साधन र सिटी सफारी चल्न सकेका छैनन् । सडकमा सञ्चालन भएका सवारी साधनलाई बन्द उल्लङ्घन गरेको भन्दै बन्दकर्ताहरुले अवरोध गरिरहेका छन् ।
राजपा मोरङका नेता मोहम्मद कादिरले प्रेसका सवारी साधन, एम्बुलेन्स, मोटरसाइकल, कुटनैतिक नियोगका सवारी साधन, फोहोर उठाउने गाडी, दूध र तरकारीका गाडीलाई भने कुनै अवरोध नगरिएको बताउनुभयो । उहाँका अनुसार विहानैदेखि विराटनगरमा प्रदर्शन पनि भइरहेको छ ।

राजपासँग सरकारले पटकपटक गरेका सम्झौता विपरित दोस्रो चरणको स्थानीय तहको निर्वाचन गराउने तयारी गरेपछि देशव्यापी रुपमा आमहड्तालको आह्वान गरिएको जानकारी कादिरले दिनुभयो । संविधान संशोधन लगायतका माग पूरा नगरिकन सरकारले निर्वाचन गराए आफूहरुलाई मान्य नहुने र आन्दोलनको आँधीबेहरी ल्याउने उहाँको दावी छ।

राजपाले हड्तालको आह्वान गरेपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाका अनुसार सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here