अनलाइन मार्फत कमाएकाे पैसा कसरी प्राप्त गर्ने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 14, 2017

अनलाइन मार्फत कमाएकाे पैसा कसरी प्राप्त गर्ने




नियमित प्रयोग गरिने फेसबुक र ट्वीटरको मद्धतमा पैसा कमाउन सकिने साईटका बारेमा तपाईलाई थाहै होला । तर त्यसबाट कमाइएको पैसा कसरी पाउने भन्ने जिज्ञासा हुन सक्छ ।

के फेसबुक, ट्वीटरबाट पैसा कमाउन सम्भव छ ?
पक्कै पनि, तपाई चाहानुहुन्छ भने फेसबुक, ट्वीटर सहित विभिन्न साईटबाट पैसा कमाउनका लागि धेरै अवसरहरु छन् । एउटा कुरा सबैले याद राख्नुपर्छ कि तपाई हामी कसैलाई पनि केहि काम नगरी कसैले पैसा दिदैँन । तर फरक यति छ हामीले बाहिर गर्ने कामभन्दा ईन्टरनेटमा गर्ने काम केहि सजिलो र कसैको दवावमा नरहि आफ्नै फुर्सदको समयमा गर्न सकिन्छ । ब्लगिङ, एफिलिएट मार्केटिङ, अनलाईन सर्भे, फ्रिल्यान्सिङ आदिबाट तुलनात्मक रुपमा धेरै आम्दानी गर्न सकिन्छ भने कुनै अनुभव र विशेष ज्ञानबिना नै वेबसाईट भिजिट वा क्लिक गरेर, फेसबुक पेज लाईक गरेर, ट्विटर एकाउन्ट फलो गरेर, ईमेल पढेर, वा अन्य साना र सजिला काम (जस्तै कुनै साईटमा साईन अप गरेर, कतै कमेन्ट गरेर, कुनैमा साथिलाई रिफर गरेर, कुनैमा लिँक प्रचार गरेर ) आदिबाट पनि दिनहुँ केहि डलरसम्म कमाउन सकिन्छ ।

हुनत कयौँ व्यक्तिहरु ईन्टरनेट चलाएरै सम्पन्न भएका छन, तर हामी चाहिं यहाँ धनी बन्ने भन्दापनि फुर्सदको समयको सदुपयोग गरेर केहि आम्दानी गर्ने उपायहरुबारे कुरा गर्नेछौँ । तर, विचार पुर्याउनुस् मुख्य कुरा त तपाईले सुरु गर्नुभन्दा अगाडि कुन साईटले तपाईलाई पैसा दिन्छ कुनले दिदैँन भनेर राम्रोसगँ छुट्टाउन सक्नुपर्छ । हामीमाझ त्यस्ता धेरै त्यस्ता साईटहरु छन जुन झट्ट हेर्दा सहि लाग्छन तर जब तिनिहरुबाट पैसा निकाल्ने समय आउँछ तब बल्ल हामिले आफू ठगिएको महसुस गर्छौ । त्यसैले सहि साईट र कार्यक्रमको छनोट गर्न सकेमा मात्र आफ्नो समय र मेहेनत खेर जानबाट जोगाउन सकिन्छ । यसका लागि सजिलो र फेसबुक वा ट्वीटरको मद्धतमा कमाउन सकिने यो साईट http://www.fanslave.net तपाईले प्रयोग गर्न सक्नु हुनेछ ।

पैसा त कमाईयो, तर कसरी पाउने त्यो पैसा ?
अब लागौँ मुख्य विषयतिर, विभिन्न साईटमा पैसा कमाउन त सकिन्छ तर आफ्नै हातमा पाउन चाहिँ के गर्ने ?
धेरै साईटहरुले न्यूनतम लिमिट पुगेपछि आफ्ना प्रयोगकर्ताहरुलाई पैसा पठाउन प्रयोग गर्ने मुख्य माध्यम भनेका  Paypal, Payza, Moneybookers  आदि ईत्यादि अनलाईनमा पैसाको कारोबार गर्ने (Online Payment Processor)  साईटहरु हुन् । यि साईटहरुले बैँक को जस्तो काम गर्छन् , जसलाई आफ्नो वास्तविक बैँक एकाउन्टसगँ कनेक्ट गरी जम्मा भएको पैसा सिधै पाउन सकिन्छ ।

अरुको तुलनामा Paypal लाई नै विश्वभर सर्बाधिक लोकप्रिय, अत्याधिक प्रयोग गरिने र विश्वाशिलो मानिन्छ । तर हामी नेपालीको बिडम्बना नै भन्नुपर्छ Paypal लाई नेपाली बैँकमा कनेक्ट गर्न सकिँदैन । नेपालबाट हामिले एकाउन्ट बनाउन त सक्छौँ तर त्यसमा अन्य Paypal एकाउन्टबाट पैसा पाउन सक्दैनौँ जबकि आफ्नो एकाउन्टमा ब्यालेन्स छ भने अरुलाई पठाउन मात्र सक्छौँ ।

त्यसैले नेपालजस्तै मुलुकका लागि Payza लाई Paypal  राम्रो विकल्पका रुपमा लिईन्छ ।  Payza लाई नेपालका केहि बैँकहरुका एकाउन्टमा कनेक्ट गरी सिधै कारोबार पनि गर्न सकिने जनाईएको छ ।

नेपालमा हुनुहुन्छ ?
नेपालमा Paypal Verify  गर्न नमिल्ने तथा  Payza  को पनि सिमित र केहि अप्ठ्यारो प्रक्रिया रहेको छ ।
तर, तपाईले आफ्नै Paypal/Payza एकाउन्टमा जम्मा भएको पैसालाई सिधै अन्य काममा पनि प्रयोग गर्न सक्नुहुन्छ, जस्तै अनलाईनमा मोवाईलको रिचार्ज पिन किन्न, आफ्नो साईटको लागि डोमेन किन्न तथा होस्टिङ गराउन, ईन्टरनेटबाट Ebook  तथा सफ्टवेयरहरु किन्न आदि ईत्यादि ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here