क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक
गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री
ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।
कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री
गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो
स्मार्टफोन हो ।
ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि
फोनमा १६ मेगा पिक्सेल र गु्रप -सामूहिक) सेल्फीका लागि वाइड एङ्गल
लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।
उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता
पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप
सुदृढ गर्न चाहेको जनाएको छ ।
कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ ।
‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध
गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन
सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले
भने-‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा
पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र
आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी
उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न
चाहान्छौँ ।’
नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेलसंग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ
No comments:
Post a Comment