पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमालेकाे विजयी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 10, 2017

पोखरा–लेखनाथ महानगर कार्यपालिकामा एमालेकाे विजयी

 


पोखरा–लेखनाथ महानगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गएराति सम्पन्न मतपरिणाममा पाँच महिला सदस्यमा एमालेका राधिकाकुमारी शाही योगी, सन्तुदेवी सुवेदी, मनभुजा विक, पुष्प पहारी घले र यशोदा भट्टराई विजयी भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए ।
त्यस्तै, तीन दलित तथा अल्पसङ्ख्यकमा एमालेकै चतुरे कामी, ओमप्रसाद गौचन र बुधराज भुजेल विजयी भएका छन् । तेत्तीस वडा रहेको महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य गरी १६७ मतदाता थिए ।
 
गत वैशाख ३१ गते भएको निर्वाचनमा एमालेको पक्षमा ११९ र नेपाली काँग्रेसको पक्षमा ४८ मत रहेको देखिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here