यसरी पुर्याउँदैछन् चुक्ता पुँजी - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 15, 2017

यसरी पुर्याउँदैछन् चुक्ता पुँजी

२०७२/७३ मा चुक्ता पुँजी वृद्धिको नयाँ व्यवस्था आउँदा सबैभन्दा समस्या बनेका थिए १ देखि ३ जिल्लामा कार्यक्षेत्र भएका विकास बैंकहरु । तुलनात्मक रुपमा निकै कम चुक्ता पुँजी भएका यी विकास बैंकहरुको बारेमा बाहिर टिप्पणी हुने गर्दथ्यो, ‘न यिनीहरु आफैं चुक्ता पुँजी पुर्याउन सक्ने अवस्थामा छन्, न यिनलाई अरुले लिन्छन् ।’

हुन पनि त्यतिबेला ३९ को संख्यामा रहेका यो वर्गका विकास बैंकहरुले तोकेको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउन सहज थिएन । यसका लागि कम्तिमा ९–९ वटा संस्था आपसमा मिल्नु पर्दथ्यो ।
तर, त्यस्तो भएन । यी संस्था ३९ बाट १३ वटा मात्र घटेर हाल २६ मा झरेका छन् । यीमध्ये पनि ५ वटा (साझा बिकास बैंक, कसमस डेभलपमेन्ट बैंक, सहारा बिकास बैंक, राप्ति भेरी बिकास बैंक र महाकाली बिकास बैंक) लाई अन्य संस्थाले प्राप्ति गर्न लागेका छन् । त्यसपछि लगभग २१ वटा संस्था बाँकी रहनेछन् । यी संस्थामा समस्याग्रस्त घोषणा भएका २ वटा (कर्पोरेट डेभलपमेन्ट र नारायणी डेभलपमेन्ट) छन् । यिनको चुक्ता पुँजी वृद्धिमा तत्काल यही नीति लागु नहुन सक्छ ।
एकाध बाहेक सबैले हाल प्रस्ताव गरेको वा जारी गरेको हकप्रद र बोनस सेयरको आधारमा चुक्ता पुँजी ४० करोडभन्दा माथि पुग्ने देखिएको छ ।

किन आफै जुटाए पुँजी ?
हुनतः यो दुई वर्षको अवधिमा यो वर्गका १८ वटा संस्था विलय हुदैछन् । तर, बाँकी कतिपय संस्थाबीचको मर्जर र एक्विजिशन (प्राप्ति वा खरिद) को प्रयास टुटेको र संस्था अन्यलाई बिक्री गर्न पनि सञ्चालकहरुले नरुचाएकोले कतिपय संस्था आफै पुँजी पुर्याउनेतर्फ लागे ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक अन्य संस्थामा बिलयमा जान नै तयार थियो । यसलाई सांग्रिला डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेको भए पनि साधारण सभाले यो प्रस्ताव नै अस्वीकार गरिदियो ।
सहारा बिकास बैंकले पनि सुरुमा यहि नियती व्योहर्यो तर हल देवः बिकास बैंकले यसलाई खरिद गर्ने भएको छ ।‘हामी त एक्वायरमा जान तयार नै थियौं, तर मिलेन । ५ वर्षदेखि लाभांश दिन सकेका थिएनौं, अन्तिम समयमा अन्य गृहकार्य गर्नु भन्दा आफै पुँजी वृद्धि तर्फ लाग्यौं,’ नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बताए । 

१२ गुणासम्म हकप्रद !
आफै पुँजी जुटाउनु पर्दा संस्थाहरुले उच्च दरमा हकप्रद दिइरहेका छन् । कतिपय संस्थाले पटक–पटक १ सय प्रतिशतभन्दा बढि हकप्रद जारी गरिरहेका छन् । हाल सबैभन्दा कम पुँजी (२ करोड ८० लाख रुपैयाँ) रहेको साल्पा बिकास बैंकले १ बराबर १२. ५ को दरमा हकप्रद जारी गर्न भन्दै संस्थापकहरुबाट अग्रिम पुँजी संकलन (कल इन एड्भान्स) माग गरिरहेको छ ।
यसको लाभ भने सेयर बजार र संस्था दुवैलाई देखिएको छ । १ वा १ देखि ३ जिल्ले बिकास बैंक भएपनि यी कतिपय संस्थाको सेयर मूल्य ८ सय रुपैयाँ माथिसम्म पुगेको थियो । अहिले पनि कतिपय संस्थाको सेयर मूल्य ५ सय देखि ६ सय रुपैयाँसम्म छ ।
यता, हकप्रद जारी गरिरहेका वा गरिसकेका यी संस्थाहरुले भनेजति आवेदन नपरेको कारण बोलकबोलमा १ सय रुपैयाँभन्दा बढिमा आफ्नो सेयर बिक्री गर्न पाएका छन् । १ सयभन्दा बढिको दरमा उठ्ने रकम बोनस सेयर बाड्नमा नै प्रयोग हुन्छ । यसले पनि संस्थाहरुलाई पुँजी वृद्धि समस्या देखिएको छैन् ।

मर्जरको सम्भावना बाँकी नै !
आफै पुँजी जुटाएर तोकिएको चुक्ता पुँजी पुर्याउने तयारीमा यी संस्था देखिए पनि मर्जरको सम्भावना बाँकी रहेको केहीको भनाई छ । बिशेषतः देश संघ र प्रादेशीक नमुनामा अगाडी बढिरहेकोले अब जिल्लास्तरमा रहने संस्था पनि प्रादेशीक रुपमा अगाडी बढ्न पर्ने हुनसक्ने आकंलनमा यी संस्था मर्जरको कुरा भने चलाइरहेका नै छन् ।
‘प्रादेशीक प्रणालीमा जाँदा चुक्ता पुँजी थप बढाउनु पर्ने पनि हुनसक्छ भनेर मर्जरको विकल्प छाडेका छैनौं, अब राष्ट्र बैंकले कस्तो नीति लिन्छ त्यही अनुसार गर्छौैं,’ सप्तकोशी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदीले भने ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here