निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ । उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा
बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका
कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको छ ।
यस्तै कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए ।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर दुबै घटनाप्रति दुःख व्यक्त
गरेको छ । आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा संयमता अपनाई सामाजिक सद्भाव
कायम राख्न र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै
राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।
साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर
पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।
No comments:
Post a Comment