अज्ञात समूहद्वारा शिक्षकमाथि गोली प्रहार - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 25, 2017

अज्ञात समूहद्वारा शिक्षकमाथि गोली प्रहार

 http://onlinepatrika.com/wp-content/uploads/2015/06/goli-prahar-400x254.jpg


धनुषाको सिनरजोरास्थित विलख सर्वोदय मा. वि.का प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार गरिएको छ । गोली प्रहारबाट शर्मा गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।  आइतबार बिहान आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले सुनसान स्थलमा मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएका हुन् । 

आक्रमणकारी नम्बर नखुलेको होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उहाँ बेहोस हुनुभएको छ । दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
धनुषाको सिनरजोरास्थित विलख सर्वोदय मा. वि.का प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार गरिएको छ । गोली प्रहारबाट शर्मा गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
आइतबार बिहान आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले सुनसान स्थलमा मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएका हुन् ।
आक्रमणकारी नम्बर नखुलेको होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उहाँ बेहोस हुनुभएको छ । दुवै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ। आक्रमणकारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here