सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 24, 2017

सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ

सेवाग्राहीसँग घुस लिँदै गर्दा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर र खानेपानी सहकाय टेक्निसियन (खापासटे) पक्राउ परेका छन्। खानेपानी आयोजनाको पेश्की, कार्यसम्पन्न प्रतिवेदन र भुक्तानीको सहजीकरणवापत भन्दै सेवाग्राहीबाट ८७ हजार रुपियाँ घुस लिइरहेको बेला इन्जिनियर दुर्गादत्त खरेल र खापासटे दलबहादुर घर्तीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतले जनाएको छ। दुबै जनालाई भेरीगंगा नगरपालिकास्थित छिन्चुको स्टार होटलबाट शुक्रबार राति साढे आठ बजेतिर पक्राउ गरिएको अख्तियारले जनाएको छ। 

‘पूर्वी क्षेत्रमा कार्यालयले उपभोक्ता समूहमार्फत गरेका कामहरुको पेश्की, कार्य सम्पादन मूल्याङ्क, भुक्तानीलगायतका विषयमा घुस लिइरहेको सूचनाका आधारमा हामीले निगरानीमा राखेका थियौं’ अख्तियार क्षेत्रीय कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले भने, ‘खापासटे दलबहादुर घर्तीमार्फत सेवाग्राहीबाट घुस लिँदै गर्दा पक्राउ गर्न सफल भयौं ।’

सूचना अधिकारी सापकोटाले पक्राउ परेका खरेल र घर्तीमाथि अनुसन्धान भइरहेको बताए । केहीदिन पहिले अख्तियारले मालपोत कार्यालयका निमित प्रमुख गणेश आचार्यलाई तीस हजार घुससहित रंगेहात पक्राउ गरेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here