
काठमाडौं । एक सेकेन्ड पनि पतिसँगै देखभेट नगरी हकदारका रुपमा ९०
लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही
शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार
पासीको वियोगमा छिन् । उनीहरुको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएका थिए ।
वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको
कामकै सिसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा
त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट गर्न नपाई जीवनभरका लागि गुमाएँ ।
अब एक्लो जीवन कसरी बिताउने ?’ उनले भनिन् ।
अभिभावकले सानैमा विवाह गरिदिएकमो उक्त जोडीको गौनासम्म भएको थिएन ।
अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा
जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोरा छोरीसँग विवाह
गरिदिने वाचा गर्छन् । छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल
सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर
दुलाहा घर फर्कन्छन् ।
केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
No comments:
Post a Comment