लन्डनमा आतंकवादी हमला - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 4, 2017

लन्डनमा आतंकवादी हमला

 

लन्डनमा फेरी आतंकवादी आक्रमण भएको छ । केही ब्यक्तिले जथाभावि चक्कु हान्ने तथा गाडि चलाएका कारण मध्य लण्डन त्रसित बनेको बीबीसीले उल्लेख गरेको छ । चक्कु प्रहारबाट एक ब्यक्तिको मृत्यु भएको बेलायत प्रहरीले जनाएको छ । तीन जनाको समुहका ब्यक्तिले रातको समयमा चार ब्यक्ति माथि चक्कु प्रहार गर्दा एकजनाको मृत्यु हुनुका साथै तिन जना गम्भीर घाईते भएका छन् ।

लन्डन ब्रिजमा जथाभावि भ्यान चलाउँदा केही व्यक्ति घाईते भएका छन् । अन्धाधुन्ध भ्यान चलाउँदा ६ जना भन्दा बढि घाईते भएका छन् । बोरो मार्केटमा ५ वटा बिस्फोटको आवाज समेत सुनिएको बताइएको छ । प्रहरीको जवाफी कारवाहीका क्रममा आक्रमणमा संलग्न दुई जना मारिएका छन् । आक्रमणपछि लन्डनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here