अधिकार न लिई चुनावमा गईन्न - राजेन्द्र महतो - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 5, 2017

अधिकार न लिई चुनावमा गईन्न - राजेन्द्र महतो



सर्लाही/राजपा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले अधिकार न लिई न चुनावमा गईन्छ न हुन दिईन्छ भन्नुयो। आज सर्लाहीको बरहथवामा राष्ट्रीय जनता पार्टी नेपाल आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम राजपाका नेता राजेन्द्र महतोले राजपा चुनावको बिरोधी नरहेको र सरकारले आजै मधेशी, आदिवासी जनजातीको माँग पुरा गरे आजै चुनावमा जान तैयार रहेको पनि स्पस्ट पार्नुभयो। 

अहिले गठित गाउँ पालिकारनगरपालिका जनसंख्याको आधारमा नगरेर मधेशीहरूको प्रतिनिधित्व घटाउने काम गरेको आरोप लगाउनुभयो। मधेशमा ५०५ भन्दा बढ़ी जनसंख्या रहेकोले मधेशमा ५०५ भन्दा बढ़ी गाउँ पालिकारनगरपालिकामा प्रतिनिधित्व हुनुपर्छ। आन्दोलनको क्रममा झुठा मुद्दा चलाएर सरकारले आन्दोलनकारीहरूलाई अहिले पनि जेलमा राखेकोले आफुहरू चुनावमा जान नसक्ने, शहिद घोषण हुन बाँकी रहेकोले चुनावमा जान नसक्ने, आन्दोलनका घाईतेहरूले क्षतिपूर्ति नपाएकोले चुनावमा जान नसक्ने महतोले स्पष्ट पार्नुभयो। 

महतोले भन्नुभयो आन्दोलन संबिधानमा रहेको बिभेद बिरूद्धमा भएको र संबिधान संसोधन नभए सम्म राजपाले आन्दोलन जारी राख्छु। मधेशीहरूको भवाना अनुरूप राजपा नेपाल गठन भएको र अब हामी अधिकार न लिई न चुनावमा गईन्छ न हुन दिईन्छ  स्पष्ट पार्नुभयो। 

भेटघाटका सहभागीहरूले राजपा गठनले मधेशमा उर्जा थपिएको, केन्द्रीय नेताहरूले खुट्टा नकामउन अनुरोध गर्दै राजपाले गर्ने निर्णयबाट मधेशी पछि नहट्ने पनि आफ्नो बिचार राखेका थिए। 

सर्लाहीको बरहथवामा राष्ट्रीय जनता पार्टी नेपालद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम राजपाका नेता राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा क्षेत्र नम्बर तीनका क्षेत्रीय अध्यक्षमण्डलका संयोजक रामबाबु यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा केन्द्रीय सचिव उपेन्द्र महतो, केन्द्रीय सदस्य बिजय यादव, किरण देवी यादव, जिल्ला अध्यक्ष मण्डलका अध्यक्ष प्रमोद साह, जिल्ला सचिव बलिराम चौधरी लगायतको उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here