आतंकवादीलाई आफ्नो भूमि प्रयोग गर्न नदिन पाकिस्तानलाई सुझाव - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 27, 2017

आतंकवादीलाई आफ्नो भूमि प्रयोग गर्न नदिन पाकिस्तानलाई सुझाव




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त विज्ञप्ती जारी गर्दै आतंकवादीलाई आफ्नो भूमि प्रयोग गर्न नदिन पाकिस्तानलाई सुझाव दिएका छन् । वासिङ्टन डिसीमा दुई नेताले भेटवार्ता गरेलगत्तै ह्वाइट हाउसले जारी गरेको विज्ञप्तीमा पाकिस्तानलाई दिइएको यो सुझाव उल्लेख छ । 
पछिल्ला समय दिल्लीमा भएका केही आक्रमण पाकिस्तानमा रहेका समूहले गराएको भारतीय दाबीका बीच दुई नेताको यस्तो प्रतिक्रिया आएको हो । दुई नेताले दुई देशबीचको व्यापार बृद्धि गर्ने बिषयमा पनि छलफल गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प आपसमा भेट भएको यो पहिलो पटक हो । भारतीय प्रधानमन्त्री हाल अमेरिका भ्रमणमा छन् ।
काश्मिरी विद्रोही सायद सलाहुद्दिनलाई आतंकवादी सूचीमा राख्न अमेरिकाले गरेको सहयोगको भारतले प्रसंशा गरेको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । संयुक्त विज्ञप्तीमा दुवै नेताले पाकिस्तानलाई ‘अर्को देशमा आक्रमण गर्न आतंकवादी संगठनलाई आफ्नो भूमि प्रयोग गर्न नदिन सुझाव दिएको’ उल्लेख छ । 
विज्ञप्तीमा दुवै नेताले पाकिस्तानलाई आधार बनाएर आक्रमण गर्ने गरेको आरोप लागेका आतंकवादी समूह जैस–ई–मोहम्मद र लक्सर ई ताइबाको चुनौतिविरुद्ध संयुक्त पहल चाल्ने सहमति भएको बताइएको छ ।
दुवै नेताले पाकिस्तानलाई सन् २००८ को मुम्बई आक्रमण र गत वर्ष पठानकोटमा भएको आक्रमणमा संलग्न भनिएको समूहलाई कानुनी कठघरामा ल्याउन पाकिस्तानसँग माग गरेका छन् । भारतले उक्त दुवै आक्रमण पाकिस्तानलाई आधार बनाएका दुई आतंकवादी समूहले गरेको दाबी गर्दै आएको छ ।
रोयटर्सले जनाएअनुसार भारतीय प्रधानमन्त्री मोदीले दिएको भारत भ्रमणको निम्तो अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गरेका छन् । ट्रम्प अमेरिकी राष्ट्रपति हुनुअघि भारत भ्रमणमा आएका थिए । भारतीय प्रधानमन्त्री बनेपछि मोदीको यो पाँचौं अमेरिका भ्रमण हो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here