दाङ्ग बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 27, 2017

दाङ्ग बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात, कलकारखाना, उद्योग धन्दा, व्यापार, व्यवसाय चल्न सकेको छैन । 
स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै नेकपाले मंगलबार निर्वाचन हुने क्षेत्रमा बन्दको आह्वान गरेको थियो । सडकमा बन्दकर्ता नदेखिए पनि बन्दको प्रभाव परेको छ । यातायात बन्द हुँदा मतदानका लागि टाढा पुग्ने यात्रुलाई समस्या भएको छ । बन्दलाई मध्यनजर गर्दै प्रहरीले जिल्लाभर सुरक्षा सतर्कता बढाएको छ । बन्द बेलुका ५ बजेपछि खुल्ने नेकपाले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here