नवौं डी सिने अवार्डको मनोनयन शुरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 4, 2017

नवौं डी सिने अवार्डको मनोनयन शुरु



नवौं डी सिने अवार्ड हेटौंडमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै आयोजक छायाँछवी क्रियशनले असार २२ गते हेटौंडमा अवार्ड आयोजना गर्ने जनाएको छ । वर्ष २०७३ मा प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्रले यसवर्षको अवार्डका लागि आवेदन दिएका थिए । जसमध्ये २९ विधाअन्तर्गत् उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा सवैभन्दा बढी २० विधामा चलचित्र छक्का पञ्जा पर्न सफल रहेको छ ।

१३ वटा विधामा चलचित्र गाजलु पर्न सफल रहेको छ । चलचित्र लुट–२ ले ११ विधा, चलचित्र जात्राले १० विधा, चलचित्र पुरानो ढुङ्गा ९ विधा, चलचित्र निरभय ६ विधा, चलचित्र जंगे, के म तिम्रो होइन र दर्पण छायाँ–२, विरविक्रम र किस्मत–२ ५/५ विधाका मनोयनमा पर्न सफल रहेका छन् ।

चलचित्र लप्पनछप्पन, द वीनर, लालजोडी र छायाँ चार/चार विधामा पर्न सफल रहेका छन् । चलचित्र जय पर्शुराम, तीन घुम्ती, झुम्की र ब्रासलेट, म त तिम्रै हुँ तीन/तीन विधाको मनोयनमा अटाएका छन् । चलचित्र उमंग, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, नमस्ते नेपाल, मेरो देश र लुकामारी, बाजीगर दुई/दुई विधामा पर्न सफल भए । एक विधाको मनोयन विधातर्फ चलचित्र द फेमस, विजुली मेसिन, डाइङ क्याण्डल, ब्रिन्दावन, पलाँस, हाउ फन्नी, राधा, उहिलेको बाजेको पालामा समावेश भएका छन् ।

अवार्डमा सहभागी भएका ५५ चलचित्रमध्ये ३४ वटाले मनोयनको उत्कृष्ट पाँचमा स्थान बनाएका छन् । पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।

सल्लाहकार नरेन्द्र महर्जनले हेटौंडाको सन्दर्भमा अवार्ड आयोजना हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । अवार्ड संयोजक तथा सञ्चारकर्मी मणिराज गौतमका अनुसार पछिल्लो समय मकवानपुर चलचित्रको हबको रुपमा विकास हुँदै गएको अवस्थामा चलचित्र क्षेत्रको प्रबद्र्धनमा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार अवार्डमा नेपालका चर्चित करिब एकसय ५० कलाकारहरु हेटौंडमा आउनेछन् ।

पत्रकार सम्मेलनमा अवार्डको निर्णायक मण्डलमा लेखक तथा निर्देशक मोहन निरौलाको संयोजकत्वमा सञ्चारकर्मी एवम् निर्देशक विजयरत्न तुलाधार, डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ एवम् नेपालकै प्रथम महिला सिनेमाटोग्राफर शवनम मुखिया रहेको जनाएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here