३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण सुरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 12, 2017

३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण सुरु

 


दाङको तुलसीपुरमा ३४ करोड लागतमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । आधुनिक बसपार्कको सोमबार तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसीले शिलान्यास गरेका छन् ।
हाल बसपार्क रहेको तुलसीपुर-५ मै नयाँ बसपार्क निर्माण हुनेछ । तुलसीपुरमा व्यवस्थित बसपार्क नहुँदा खोलाको बगरमा बस पार्किङ गर्नुपर्ने बाध्यता छ ।

अब १६ कोठे टर्मिनल भबन, गाडीका स्टाफहरुलाई आराम गर्ने कोठा, बगैंचा, रेष्टुरेन्ट, ५० वटा सपिङ स्टल, अपाङ्ग मैत्री सार्वजनिक शौचालय निर्माण हुने तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले बताए । शिवशक्ति निर्माण कम्पनी काठमाडौंले १५ महिनाभित्र बसपार्कभित्रका सबै संरचना तयार पार्ने ठेक्का पाएको छ ।
यसअघि बसपार्कको जग्गामा बस्दै आएका ३२ घर परिवारले उच्च अदालतमा तुलसीपुर उपमहानगरपालिकाविरुद्ध रिट दायर गरेपछि बसपार्क निर्माण कार्य रोकिएको थियो । तर, उच्च अदालतका न्यायधीशद्वय श्रीमनकुमार गौतम र सुदर्शनदेव भट्टको इजलासले नगरपालिकाको जग्गामा कसैले बस्ती बसाउन नपाउने भन्दै रिट नै खारेज गरिदिएपछि बसपार्क निर्माण गर्न बाटो खुलेको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here