पाकिस्तान विजयी भएको खुशीयाली मनाउने समर्थकविरुद्ध देशद्रोहको मुद्दा दायर - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 20, 2017

पाकिस्तान विजयी भएको खुशीयाली मनाउने समर्थकविरुद्ध देशद्रोहको मुद्दा दायर

 


आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तान विजयी भएको खुशीयाली मनाउने १५ जना समर्थकविरुद्ध भारत प्रहरीले देशद्रोहको मुद्दा दायर गरेको छ । गत आईतबार सम्पन्न फाइनलमा भारत १ सय ८० रनले पराजित भएपछि भारतका बिभिन्न क्षेत्रमा खुशीयालीमा प्रदर्शन भएको थियो भने आक्रोशित समर्थकले राष्ट्रिय टिमविरुद्ध नारावाजी समेत गरेका थिए । 
 पाकिस्तानको समर्थन र भारत विरोधी नारा लगाउने मध्यप्रदेशका १५ जना युवालाई पक्राउ गरि प्रहरीले आज स्थानीय अदालतमा मुद्दा दायर गरेको हो । बुरहानपुरको मोहद गाउँका ती युवालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । उनीहरुका छिमेकीले पाकिस्तानको जितमा ती युवाले पटका पड्काएर हर्षोल्लास गरेको भन्दै उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । 
भारतमा रहेका मुसलमान समुदायले पाकिस्तानी क्रिकेट टिमलाई समर्थन गरेबापत पहिलो पटक यस्तो मुद्दा दायर गरिएको हो । यसअघि, सन् २०१४ मा उत्तर प्रदेशको एक विश्वविद्यालयमा साम्प्रदायिक शान्ति भंग गरेको आरोपमा भारत प्रशासित कश्मीरका ६६ विद्यार्थीलाई निस्कास्न गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here