
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा चुनावी माहोल बनाउन आग्रह गरेका छन्। प्रतिउत्तरमा दाहालले आफू बुधबारदेखि नै जिल्ला भ्रमणमा निस्कने बताएका छन्।
मंगलबार अपराह्न दाहाल निवासमा दुई नेताबीच
भएको वार्तामा प्रधानमन्त्रीले सत्तासाझेदार दलबाटै चुनावी वतावरण बन्न
नसकेको भन्दै दाहालसँग सहयोग मागेका थिए । ‘सत्तासीन दलबाटै चुनावको माहोल
बन्न सकेन । माहोल बनाउन सहयोग गर्नुप¥यो,’ स्रोतले देउवालाई उद्धृत ग¥यो ।
दाहालले चुनावी वतावरण बनाउन माओवादी
केन्द्रले अभियान सुरु गर्ने बताएका थिए । उनले बुधबारदेखि नै आफू जिल्ला
भ्रमणमा निस्कने बताए । ‘म भोलि (बुधबार) देखि नै जिल्ला भ्रमणमा
निस्कन्छु । पार्टीका नेताहरू पनि जिल्लाजिल्ला जानुभएको छ,’ दाहालको भनाइ
स्रोतले उद्धृत ग¥यो ।
मन्त्रिपरिषद् विस्तार चुनावपछि
भेटमा दुई नेताबीच सरकारको कार्य सञ्चालन र
चुनाव तयारीबारे पनि कुराकानी भएको थियो। चुनावअघि नै मन्त्रिपरिषद्
विस्तार गर्दा सरकारको कार्यसञ्चालन प्रभावकारी बन्ने सुझाव दिएका थिए ।
देउवाले भने आफ्नै पार्टीभित्रको विवादले चुनावअगाडि मन्त्रिपरिषद् विस्तार
गर्न नसकिने जनाएका थिए । मन्त्रिपरिषद् विस्तारबारे गृहकार्य भने
चुनावअघि नै गरिसक्ने सहमति भएको स्रोतको भनाइ छ ।
देउवा प्रधानमन्त्री भएपछि दाहालसँग यो चौथो
भेट हो । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री र
माओवादी केन्द्रका अध्यक्षबीच समसामयिक राजनीतिबारे कुराकानी भएको बताए ।
भेटमा राजपाको आन्दोलन र उसको राणनीतिबारे
पनि कुराकानी भएको थियो । सबै राजनीतिक दलले चुनावी अभियान तीव्र पारे
राजपाको आन्दोलनबीच पनि चुनाव सहज हुने प्रधानमन्त्रीको भनाइ रहेको स्रोतले
बतायो । प्रधानमन्त्री र दाहालबीच भेट हुनुअघि राजपा नेताले मंगलबार
अपरान्ह देउवालाई भेट्न समय मागेका थिए । प्रधानमन्त्रीका सहयोगीले भने
मंगलबार भेट्न समय नभएको भन्दै बुधवारसम्म भेट्न सकिने बताएका थिए । राजपा
नेता अनिल झाले बुधबारसम्म प्रधानमन्त्रीसँग कुराकानी हुन सक्ने बताए ।
राजपा नेताले आन्दोलनका क्रममा सरकारी पक्षबाट ज्यादती भएको गुनासो राख्दै
आएका छन् ।
प्रधानमन्त्रीको सचिवालय पनि चुनावपछि
स्रोतका अनुसार प्रधानमन्त्रीले आफ्नो
सचिवालयलाई पनि चुनावपछि नै पूर्णता दिने भएका छन । पहिले नै मन्त्रिपरिषद्
विस्तार र सचिवालयलाई पूर्णता दिँदा चुनावमा प्रभाव पर्न सक्ने
प्रधानमन्त्रीको विश्लेषण छ ।
सरकारमा गएको नेपाल लोकतान्त्रिक फोरमले नै
आफ्नो भागमा पर्ने मन्त्रालयमा चुनावअघि नै मन्त्री नियुक्त गर्न
प्रधानमन्त्रीलाई दबाब दिइरहेको छ । फोरम लोकतान्त्रिकबाट हाल विजय
गच्छदारमात्र सरकारमा छन् । गच्छदारले चुनावअघि नै पार्टीबाट थप केही
व्यक्तिलाई सरकारमा पठाउन चाहेका छन् । फोरम लोकतान्त्रिकका नेता योगेन्द्र
चौधरीले चुनावअघि नै मन्त्रिपरिषद् विस्तार गर्न आग्रह गरे पनि
प्रधानमन्त्रीले सम्भावना कम रहेको बताएको जानकारी दिए ।
यसैगरी राप्रपाका
नेता पनि चुनावअघि सरकारमा जान चाहेका छन् । प्रधानमन्त्री भने राप्रपालाई
सरकारमा लैजाने या नलैजानेबारे चुनावपछि निर्णय गर्ने भएका छन् । राप्रपा
नेता दिलनाथ गिरीले पार्टी सरकारमा जान कांग्रेस नेतासँग कुराकानी भए पनि टुंगो चुनावपछि मात्र हुने बताए ।
No comments:
Post a Comment