माइकोबसकाे ठक्करबाट मृत्यु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 7, 2017

माइकोबसकाे ठक्करबाट मृत्यु

 


सिम्ले बजार सडकमा माइकोबसले ठक्कर दिएको घटनामा मृतकको संख्या ३ पुगेको छ । माइक्रोको ठक्करबाट घाइतेको उपचारको क्रममा ज्यान गएपछि मृतकको संख्या तीन पुगेको हो । मंगलबार आफ्नै घर अगाडि सिम्ले बजार सडकमा हिँडिरहेकी कपडा पसले २८ वर्षीय वन्दना परियारलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

२८ वर्षीय गंगा थापाको बाटो र ३३ वर्षीय सुष्मा थापाको उपचारकै क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले पुष्टि गरेको छ । मृतक सुस्मा स्थानीय टेलिभिजन दिव्यदर्शनमा कार्यरत पत्रकार राजु थापाकी श्रीमती हुन् । ठक्कर दिने गाडीलाई घटनापछि आक्रोशित स्थानीयले आगो लगाइदिएका थिए ।

उनीहरुलाई भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ज २६७४ नंबरको विङ्गर माईक्रोले मंगलबार अढाई बजे ठक्कर दिएर आफैं पल्टेको थियो । घटनालगत्तै स्थानीयवासीले पल्टेको गाठी उठाएर पेट्रोल छर्केर आगो लगाइदिएका थिए । चालक डुम्रेलाई कुटपिट गर्दै गर्दा महादेवबेंसीस्थित प्रहरीले नियन्त्रणमा लिएका थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here