'द प्रिन्सेस अभ गार्डेन' युरोपका विभिन्न सहरमा मञ्चन हुने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 18, 2017

'द प्रिन्सेस अभ गार्डेन' युरोपका विभिन्न सहरमा मञ्चन हुने

 https://ichef.bbci.co.uk/images/ic/1920x1080/p02qbjh2.jpg


नोबेल पुरस्कार विजेता बंगाली साहित्यकार रवीन्द्रनाथ टेगोरको चर्चित नाटक 'मालिनीः द प्रिन्सेस अभ गार्डेन' युरोपका विभिन्न सहरमा मञ्चन हुने भएको छ। विमल सुवेदीको निर्देशनमा तयार भएको नाटक बर्लिनलगायत जर्मनीका विभिन्न सहर र बेल्जियममा  मन्चन हुन लागेको हो। जिवेश रायमाझीले नेपालीमा अनुवाद गरेको नाटकको टोली आउँदो ६ गते २१ दिने युरोप भ्रमणमा निस्कने छ। 

नाटकमा राजेन्› श्रेष्ठ, सुजन ओली, दिपेश राई, जेनी सुनुवार र नवराज पराजुलीको अभिनय रहेको छ । नाटकमा दिलिप रानाभाटले  ध्वनि व्यवस्थापन र विपुल पाण्डेले  प्रकाश संयोजनको जिम्मेवारी निर्वाह गर्नेछन्। 

नाटक सन् २०१४ मा  'नेसनल एकेडेमी अफ पर्फर्मेन्स आर्ट' पाकिस्तानमा मन्चन भएको थियो। स्न २०१६ मा भने नाटक भारतको  हरियाणा, राजस्थान र गोवामा त्यहाँको संस्कृति मन्त्रालयसँगको सहकार्यमा मन्चन भएको थियो । निर्देशक सुवेदीले 'मालिनी'को मन्चनलाई  विश्व रंगमंचमा नेपाली नाटकको स्तर देखाउने मौकाको रूपमा लिएको बताएका छन्। नाटकको 'प्ले मेकिङ प्रोसेस' र 'न्यारेटिभ'मा गरेको नयाँ प्रयोग युरोपियन दर्शकले पनि रुचाउने उनको विश्वास छ।

भौतिक रूपमा नाटकघर बन्द भएपछि पनि नेपाली नाटकलाई  अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने  क्रममा बेलायत, भारत, पाकिस्तानको यात्रापछि थिएटर भिलेज युरोप यात्रामा निस्केको हो।  यो यात्रापछि अन्तर्राष्ट्रिय नाटकबाट केही समयलाई विश्राम लिँदै थिएटर भिलेज नेपालमा नयाँ नाटकघर निर्माणमा जुट्ने भिलेजका अध्यक्ष जिवेश रायमाझीले बताएका छन्। नाटकले काशीकी राजकुमारी मालिनीले हिन्दू धर्म छाडेर बौर्द्ध धर्म ग्रहण गरेपछि राज्यमा आएको उथुलपुथललाई विषय बनाएको छ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here