
रोल्पाको सदरमुकाम लिबाङमा कांग्रेस र
नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । बंशी मिठाई पसलमा साँझ
विवाद भएपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा केही प्रहरी र दुबै तर्फका केही
कार्यकर्ता घाईते भएका छन । ढुंगा हानाहान भएपछि स्थिति तनावग्रस्त बनेको
थियो । झडप नियन्त्रणमा लिन प्रहरी प्रमुख प्रनाउ रामप्रसाद घर्तिमगर आफै
उत्रिनु भएको थियो ।
विवादबारे अनुसन्धान भइरहेको प्रहरीले
जनाएको छ । झडप भइरहँदा पनि प्रहरी मुकदर्शक बनेको भन्दै कांग्रेसका
आक्रोशित कार्यकर्ताले जिल्ला प्रहरी कार्यालयको गेट्मा ढुंगा प्रहार गरेका
थिए । झडप भएपनि नगरपालिकाको मतगणना भने जारी छ ।
No comments:
Post a Comment