कर फर्छ्यौट गर्न संसदीय समितिको निर्देशन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 15, 2017

कर फर्छ्यौट गर्न संसदीय समितिको निर्देशन

व्यवस्थापिका–संसदको अर्थ समितिले कर फर्छ्यौट आयोग ऐन, २०३३ लाई समयानुकूल बनाउन सरकारलाई निर्देशन दिएको छ । नेपालको कर क्षमता पत्ता लगाउन, कर प्रणालीमा रहेको कर निर्धारण तथा कर असुली, कर फर्छ्यौटलाई समयानुकूल सुधार गर्न यथाशीघ्र काम अगाडि बढाउन ऐन संशोधन आवश्यक रहेको निश्कर्ष निकाल्दै समितिले तत्काल प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । 
 
 सिंहदरवारमा आज बसेको समिति बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर छुट र असुलीमा भएको अनियमितता सम्बन्धमा भइरहेको अनुसन्धानबाट देखिएका दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ । सभापति प्रकाश ज्वालाले राजश्व छली भएको रकम तत्काल असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै आन्तरिक राजस्व विभागबाट दिने गरिएको राजश्व मिनाहाको कामलाई स्थगन गरी राजस्व उठाउन बाँकी रहेको रकम तत्काल असुल गर्न समेत समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
 
राजश्व बक्यौता मिनाहा वा कर फछ्र्याेटसम्बन्धी स्पष्ट मापदण्ड र निर्देशिका तयार गरी अर्थ समितिमा पठाउन आजको बैठकले सम्बन्धित निकायलाई भनेको छ । बैठकमा सांसदहरुले कमजोर कानुनका कारण राज्यले प्राप्त गर्ने ठूलो धनराशि गुमिरहेको जनाउँदै तत्काल सुधार अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । सांसदहरुले लामो समयसम्म एउटै निकायमा बसिरहने कर्मचारीलाई निजामती सेवा ऐन नियममा व्यवस्था भएअनुसार सेवा अवधि पूरा भएमा आन्तरिक सरुवा गर्ने र लामो समयसम्म ऐनकानुन र मापदण्डविपरीत काजमा राख्ने प्रचलनलाई अन्त्य गरिनुपर्ने धारणा राखेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here