स्थानीय तहको दोस्रो चरण निर्वाचनको
प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच टक्कर देखिएको छ
। माओवादी केन्द्र पहिलेझैं तेस्रो स्थानमा देखिएको छ । एमाले र
कांग्रेसले बझाङको एक/एक गाउँपालिका अध्यक्षमा तथा माओवादी केन्द्रले
सोलुखुम्बुको एक गाउँपालिका अध्यक्षमा जितेर विजयी खाता खोलेका छन् ।
बझाङको काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र धामी र मस्टा गाउँपालिका
प्रमुखमा एमालेका कर्णबहादुर कठायत विजयी भएका हुन् । यस्तै सोलुखुम्बुको
लिखुपिके गाउँपालिका अध्यक्षमा माओवादीका डम्बरबहादुर बस्नेत विजयी भएका
हुन् ।
No comments:
Post a Comment