निर्वाचनबारे जानकारी नै छैन - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

निर्वाचनबारे जानकारी नै छैन

 

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रियामै आफ्नो असहमति रहेको बताएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको निर्वाचनबारे जानकारी नै नभएको प्रतिक्रिया दिए ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलका अनुसार ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नगरी प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए । उनले भने, ‘संसदको अवरोध खुलेकै छैन । भोलि संसद चल्दैन ।’ भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका बीच संसदले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here