जापानमा अहिले सम्मकै तिव्र गतिको इलिभेटर - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jun 3, 2017

जापानमा अहिले सम्मकै तिव्र गतिको इलिभेटर


जापानी प्रविधि कम्पनी हिताचीले सबैभन्दा तिव्र गतिको इलिभेटरको विकास गरेको छ । प्रति घण्टा ७५ किलोमिटरको गतिमा चल्ने उक्त इलिभेटर एक मिनेटमै १२ सय ६० मिटर चल्दछ । चीनको ग्वांजाउस्थित सिटिएफ फाइनान्स सेन्टरस्थित ५ सय ३० मिटर अग्लो गगनचुम्बी भवनमा जडान गरी यो इलिभेटरको परीक्षण गरिएको छ । त्यसक्रममा यो उल्लेखित गतिमा चलेको थियो ।

गत मे महिनामा यसको परीक्षण जडान गरिएकोमा अहिले उक्त गगनचुम्बी भवनमा यो इलिभेटरको अन्तिम जडान गरिँदैछ । कम्पनीका अनुसार गगनचुम्बी भवनमा पूर्णरुपमा जडान गरेसँगै यो इलिभेटरमा अझै बढि गति प्राप्त हुनुका साथै कन्ट्रोल युनिटहरु तथा सेफ्टी डिभाइसहरु समेत परिस्किृत रहनेछन् ।

चीनमा इलिभेटरको गति, गुणस्तर तथा सुरक्षाको प्रमाणिकरण गर्ने सार्वजनिक संस्था नेसनल इलिभेटर क्वालिटी सुपरभिजनले यसलार्य अहिलेसम्मकै तिव्र गतिको इलिभेटरको रुपमा प्रमाणित गरिसकेको छ । यो इलिभेटरको अधिकतम गति ७५ किलोमिटर प्रतिघण्टा रहेतापनि यसलाई ग्वान्जाउको उक्त गगनचुम्बी महलमा ७२ किलोमिटर प्रतिघण्टाको गतिमा मात्र चलाइनेछ । 

यो सँगै विश्वका टप टेन हाइ स्पिड इलिभेटरमध्ये ५ वटा चीनमै हुनेछन् । विश्वका टपटेन उच्च गतिका इलिभेटर निम्नानुसार रहेका छन् ।

१. सिटिसी फाइनान्स सेन्टर, ग्वान्जाउ, चीन – ७५.६ किलोमिटर प्रति घण्टा
२. सांघाइ टावर, चीन – ६९ किलोमिटर प्रति घण्टा
३. ताइपेइ १०१, ताइवान – ६१ किलोमिटर प्रतिघण्टा
४. योकोहामा ल्याण्डमार्क्र टावर, जापान – ४५ किलोमिटर प्रतिघण्टा
५. बुर्ज खालिफा, दुबई, युएइ – ३५ किलोमिटर प्रतिघण्टा
६. सनसाइन ६० बिल्डिङ, टोक्यो जापान – ३५ किलोमिटर प्रतिघण्टा
७. सांघाइ वल्र्ड फाइनान्स सेन्टर, चीन – ३५ किलोमिटर प्रतिघण्टा
८. चाइना वल्र्ड ट्रेड सेन्टर टावर तेश्रो, बेइजिङ, चीन – ३५ किलोमिटर प्रतिघण्टा
९. जोन ह्यान्कक सेन्टर, शिकागो, अमेरिका – ३३ किलोमिटर प्रतिघण्टा
१०. जिन माओ टावार, सांघाइ चीन – ३२ किलोमिटर प्रतिघण्टा

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here