तेह्रथुमको म्याङलुङ नगरपालिका ५ आमदीममा
गएराती पहिरोले वगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी
अन्य तीन जना गम्भीर घाईते भएका छन् । घरमाथी वाट खसेको पहिरोले घर वगाउँदा
५० वर्षिया कुमारी लिम्वु, उनकी ९ वर्षीय नातीनी प्रिती र ७ वर्षिय नाती
प्रेम लिम्वुको मृत्यु भएको हो ।
पहिरोमा परी कुमारीका भाईहरु ४० वर्षीय सोमकुमार र ३५ वर्षिय तेज कुमार
लिम्वु र नातीनी १५ वर्षिय पञ्चकुमारी लिम्वु गम्भीर घाईते भएको सशस्त्र
प्रहरी वल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह
कार्कीले वताउनुभयो ।
घाईतेको सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरीरहेका छन् ।
खेतमा लगाउन घरमाथिवाट लगेको कुलोको पानी थुनिएर पहिरो खसेको प्रहरीले
जनाएको छ ।
No comments:
Post a Comment