नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 13, 2017

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

 
 
 
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड हिजो अपरान्हयता अवरुद्ध छ । कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुन: हटाउन थालिएको छ । हिजो अपराह्न ३ बजे पछि पहिरो खसेर अवरुद्ध भएको सडक दुइतर्फी रुपमा खुलाउन अझै समय लाग्ने बताइएको छ । 
 
राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारी साधन कटाइ सकेपनि राति पहिरो खस्ने जोखिम बढेकाले काम रोकेर आज विहान पहिरो पन्छाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर ३ जना प्रहरी मृत्यु भएको थियो । एकजना प्रहरी बेपत्ता छन् । प्रहरीले बैकल्पिक बाटो प्रयोग गर्न सबैलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here