रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 12, 2017

demo-image

रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय

Responsive Ads Here
झण्डै १४ वर्ष अघि भएको रानीबारी हत्याकाण्डमा संलग्न मनराज र प्रमेश दुई वर्ष अघि पक्राउ परेका थिए । प्रहरीका अनुसार दुबै ‘कन्ट्राक्ट किलर’ हुन् । हत्याकाण्डका योजनाकार भने अझै पक्राउ परेका छैनन् ।

जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश रमेश प्रसाद रिजालले एकल इजलासले बुधबार मनराज गुरुङ र प्रमेश चौहानलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

के हो रानीबारी हत्याकाण्ड ?
काठमाडौंको रानीबारीमा इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठको ०५९ असार ३१ गते खुकुरी प्रहार गरी हत्या भएको थियो । प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् । तर, उनीहरुको ‘टार्गेट’ भने श्रेष्ठ दम्पती नभएर घरबेटी गीता खड्का थिइन्, जो म्यान पावर व्यवसायी थिइन् ।

गीताको हत्याका लागि सुपारी लिएको मनराजको समूहले हेमन्त र अञ्जलीको हत्या गरेका थिए । उनीहरुले श्रेष्ठ दम्पतीकी सात वर्षकी छोरीलाई पनि खुकरी हानेका थिए । तर, उनी बाँच्न सफल भएकी छन् । मनराज र प्रमेशले घरबेटीको पनि हत्या गर्न खोजेका थिए तर गीता शौचालयमा लुकेका कारण बच्न सफल भएका थिइन ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *