महाकाली नदिले खलंगा बजार खतरामा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 10, 2017

महाकाली नदिले खलंगा बजार खतरामा

 


चार वर्ष अगाडि आएको बाढीले बगाएको खलंगा बजारको रिङनताल क्षेत्र रहेकै क्षेत्रमा यो पटक महाकालीले तटबन्ध भत्काउन सुरु गरेको छ । रिङनताल क्षेत्रमा रहेको प्याकेज नम्बर १० मा तटबन्धका लागि राखिएकोे ग्रेभेटी रिटेनिङ वाल भाँसिन सुरु भएको छ । यसले खलंगा बजार खतरामा पर्न थालेको छ । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले पानीको बहाब बढे खतरा रहेको बताए । महाकालीमा पानीको बहाब बढ्यो र वाल भत्कियो भने घाट बजार फेरि समस्यामा पर्न सक्छ ।

यसरी भत्कियो तटबन्धको वाल
रिङनताल क्षेत्रमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको ग्रेभेटी रिटेनिङवालको सपोर्टमा नदीमा रहेका ढुंगा नदीको बहावले बगाएको छ । सपोर्टको अभाव हुँदा नदीको प्रवाह र पानीसँगै बगेर आएका ढुंगाले वालमा लगातार हान्ने गरेको तथा पानीले नदीको पिँधसमेत कटान गरेकाले वाल भाँसिन सुरु भएको महकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ । 

सो क्षेत्रमा काउन्टर रिटेनिङवाल राख्न ठाउँ नपुगेकाले ग्रेभेटी रिटेनिङवाल राखिएको थियो । ‘काउन्टर रिटेनिङवाल राख्न पाएको भए नदीले कटान गर्ने र भाँसिने सम्भावना कम हुने थियो,’ आयोजना प्रमुख सुशील देवकोटाले भने । तटबन्धको अन्य प्याकेज जस्तै ठाउँ नपुग्दा राखिएको ग्रेभिटी रिटेनिङवालका कारण पनि नदीलाई कटान गर्न सजिलो भएको उनले बताए । 

तटबन्धको सो प्याकेज भासिनुमा तत्कालिक कारण महाकालीको बहाव बढ्नु नै भए पनि नदी पारी भारततिर गएको पहिरो मुख्य कारण हो । पारीतिर भारतको पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गत २८ असोजबाट गएको पहिरोका कारण महाकालीको मूल प्रहाव नेपालतिर फर्किंदा तटबन्ध भत्काउन सुरु गरेको हो ।

नेपाल सरकारको ढिलासुस्ति
तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पटक पटक भारतीय समकक्षीलाई भेटेर भारततिरको पहिरो हटाउन आग्रह गरेका थिए । भारतीय पक्षले पनि नेपालतिरको सम्भावित क्षतािलई विचार गरी तुरुन्तै पहिरो हटाउने जानकारी दिएको थियो । तर, नदीको मूल प्रवाह नै नेपालतिर फर्काउने गरी भारततिर गएको पहिरोलाई भारत सरकारले अहिलेसम्म हटाएको छैन ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here