लामो समयदेखि पानी बाराबारको अवस्थामा रहेका
एमाले र राजपा नेपालबीच सम्बन्ध सुदृढ हुन थालेको छ। दुई दलका दोस्रो तहका
नेताबीच भएको अनौपचारिक वार्ता सकारात्मक हुन थालेपछि संविधान निर्माण
प्रक्रियादेखि रहँदै आएको तिक्ततामा कमी आएको हो।
दुई दलका दोस्रो तहका नेताबीच संसद्मा
प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पास गर्नेबारे आइतबार सकारात्मक
छलफल भएको नेताहरूले बताएका छन्। वार्तामा सहभागी एक नेताका अनुसार संविधान
संशोधन विधेयक र चुनावपछिको राजनीतिक अवस्थाबारे छलफल भएको छ।
स्थानीय तहको दोस्रो चरणको चुनावपछि राजपाका
नेताहरूले संविधान संशोधन विधेयक पास गर्न एमालेसँग वार्ता गर्दै आएका
छन्। दोस्रो तहका नेताहरूबीच वार्ता सकारात्मक भएमा शीर्ष तहमा छलफल हुने
जानकारी एमालेका नेताहरूले दिएका छन्।
No comments:
Post a Comment