नेपालका अधिकृतलाई अब्बल बनाउन उच्च शिक्षाका
लागि दातृ मुलुक जापानले बार्षिक २५ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित एक कार्याक्रममा जापानी राजदुत मसासी ओगावा र
अर्थ सचिव शान्तराज सुवेदीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
गर्नुभएको हो ।
जापानले कर्मचारीको स्तरोन्नती र अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारको लागि
बार्षिक २० जनालाई उच्च शिक्षा प्रदान गर्ने भएको छ । जापानले कर्मचारी
भित्रबाटै प्रतिस्पर्धा गरेर सो शिक्षाका लागि छनौट गरिने बताएको छ ।
No comments:
Post a Comment