नारायणगढ-मुग्लिन सडक असार २५ आइतबारदेखि रातको समयमा बन्द रहने - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 8, 2017

नारायणगढ-मुग्लिन सडक असार २५ आइतबारदेखि रातको समयमा बन्द रहने

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि राति बन्द


निर्माणाधीन नारायणगढ-मुग्लिन सडक असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बिहीबार भरतपुरमा बसेको सर्वदलीय बैठकले नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो ।

राति सवारी आवागमन बन्द हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न र सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने निर्णय भएको प्रजिअ भट्टले बताउनुभयो । बैठकले पहिरोको उच्च जोखिममा रहेका ४४ घर एक साताभित्र स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक मर्मत र खाल्डाखुल्डी पुर्ने कामबाहेक अरू निर्माणका कार्य रातको समयमा गर्न नसकिने बताएका छन् । वर्षात्को समय र निर्माण सामग्रीको अभावले अरू निर्माण कार्य गर्न नसकिने उनीहरूको भनाइ छ ।

बैठकले निर्माण कम्पनीलाई सडकखण्डमा प्रयोग हुने निर्माण सामग्री ढुंगा, गिट्टी र बालुवा उपलब्ध गराउने निर्णयसमेत गरेको छ । निर्माण कार्यमा प्रयोग हुने औजार, मेसिन र जनशक्तिको अनुगमन गर्न पनि परियोजनालाई निर्देशन दिइएको छ । महिनाको एकपटक निर्माण कार्यको संयुक्त अनुगमन गर्ने निर्णय भएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी उपरीक्षक दीपक थापाले ट्राफिक व्यवस्थापनका लागि पाँचजना ट्राफिकसहित २१ जना प्रहरी जनशक्ति थप गरिएको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि सडकखण्डका तीन ठाँउमा प्रहरीको र्‍यापिड सेस्पोन्स टिम (आरआरटी) परिचालन गरी आपतकालीन प्रहरी सेवा सुरु गरिएको र पार्किङका लागि खाली जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो ।

नारायणगढ—मुग्लिन सडक परियोजनाका इन्जिनियर गोविन्दप्रसाद खनालले संसद विकास समितिको निर्देशनअनुसार १४ दिनभित्र सुरक्षित रूपमा सवारी आवागमनका लागि विज्ञको सुझावको आधारमा प्रतिवेदन बुझाउने बताउनुभयो । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले निर्माण कार्य ढिलाइ हुनुको कारणबारे निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here