तरकारी बारी मै कुहिए पछि किसानमा निराशा - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 5, 2017

demo-image

तरकारी बारी मै कुहिए पछि किसानमा निराशा

Responsive Ads Here
कपुरकोट आसपासका किसानले लगाएको बन्दागोभी बिक्री नहुँदा बारीमै कुहिएको छ । यसबाट तरकारी खेतीतर्फको आकर्षण घट्नुको साथै किसानमा निराशा छाएको छ ।
तरकारी बारीमै कुहिन थालेपछि किसानलाई जीविकोपार्जनमा समेत असर परेको छ । मानबहादुर बुढाथोकीले बाहिरबाट आएका खरिदकर्ताले दुई रुपैयाँ किलोमा समेत लैजान नमानेपछि बारीमै कुहिएको जनाए । ‘गत वर्ष राम्रो भाउ पाएपछि बन्दा खेतीमा लागेको थिएँ,’ उनले दु:खेसो पोखे, ‘यसपालि धेरै घाटा भएकाले कसरी परिवार पाल्ने भन्ने समस्या भएको छ ।’
बन्दा खेती गर्दा लागेको मिहिनेतसमेत त्यत्तिकै खेर गएको उनले गुनासो गरे । बन्दाबाट ४० हजार रुपैयाँभन्दा बढी घाटा भएको अर्का किसान खिमबहादुर बुढाले बताए । ‘कपुरकोट हाटबजारमा प्रतिकेजी ५ रुपैयाँभन्दा बढी भाउ पाइएन,’ बुढाले भने, ‘उब्जनी राम्रो भए पनि दुई रोपनीमा लगाएको बन्दा कुहिएर खेर गयो ।’
बाहिरका व्यापारीसँग सम्पर्क भएका किसानको मात्र बन्दा बिक्री भएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष शोभाकर शर्माले बताए । बन्दा बिक्री नहुँदा आपसासका ३ हजारभन्दा बढी घरधुरीका किसान प्रभावित भएका उनले जनाए । ‘तराईमा छिट्टै वर्षा नहुँदा बन्दा राम्रो उत्पादन भयो,’ शर्माले भने, ‘हाटबजारमा आएका व्यापारीले ५ रुपैयाँ किलोमा समेत लगेनन् ।’
वर्षा सुरु भएकाले धान लगाउने खेतमा जमेको पानीले बन्दा कुहिएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज शर्माले बताए । उनले किसानलाई ठूलो आर्थिक नोक्सानी भएको बताउँदै नि:शुल्क बिउ वितरणको पहल भइरहेको जनाए । 

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *