सप्तरीका बिभिन्न बस्तीका सर्वसाधारणको जनजीवन कष्टकर - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Jul 5, 2017

demo-image

सप्तरीका बिभिन्न बस्तीका सर्वसाधारणको जनजीवन कष्टकर

Responsive Ads Here
निरन्तर वर्षपछि आएको बाढीका कारण घर डुबानमा परेपछि सप्तरीका बिभिन्न बस्तीका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । मयनाकरेडी र लोहजाराको भेडिया बस्तीका घरमा गत शनिबार पसेको बाढीको पानी सुक्न नपाउँदै हिजो बिहानबाट निरन्तर वर्षा भएपछि त्यहाँको जनजीवन कष्टकर बनेको हो । सो क्षेत्रका बासिन्दा अहिले अग्लो स्थानमा बसिरहेको हाम्रा सहकर्मी अवधेशकुमार झाले जनाएका छन् । निरन्तरको बर्षाले स्थानीय थप त्रसित बनेका छन् । 
 
पीडितले ५ दिन वितिसक्दा समेत राहत पाउन नसकेपछि उनीहरुको जनजीवन अस्तव्यस्त बनेको छ । विशेषगरी बालबालिका, बृद्धबृद्धा तथा गर्भवती महिला बढी प्रभावित बनेका छन् । यसैबीच, बाढीले बिभिन्न स्थानमा भत्काएको बाँधको मर्मत र पुनर्निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । महुली नदीको बाँध भत्किएर समस्यामा परेको मयनाकरेडी र लोहजाराको भेडिया बस्तीलाई जोगाउन आज दिउँसोबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । यस्तै, लगातारको बर्षापछि खसेको पहिरोले गएरातिदेखि अवरुद्ध बनेको बेनी जोमसोम सडकखण्ड अझै संचालनमा आउन सकेको छैन । 
 
म्याग्दीको अन्नपुर्ण गाउँपालिका अन्र्तगत मुस्ताङ्गको सिमावर्ती जलथले र नौमुरी भीरबाट पहिरो खसेपछि सो सडकखण्ड अवरुद्ध भएको हो । हिजो बाट लगातार बर्षा भइरहेकाले पहिरो पन्छाउन कठिनाई भएको प्रहरीले जनाएको छ । उता, कञ्चनपुरमा निरन्तरको बर्षाले डुबानमा परेको महेन्द्रनगर सहित आसपासका वस्तीमा पानीको बहाव कम हुँदै गएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ वडाका वस्ती डुबानमा परेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

Pages

Contact Form

Name

Email *

Message *