अवैध रुपमा कार, मोटरसाइकलको कारोबार गर्ने दुई जनालाई पक्राउ - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 14, 2017

अवैध रुपमा कार, मोटरसाइकलको कारोबार गर्ने दुई जनालाई पक्राउ




जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट चोरी गरेर नेपाल ल्याएका कार र मोटरसाईकल दर्ता गराइ सञ्चालनमा रहेका सवारी साधन सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न समयमा अवैधरुपमा गैरकानुनी ढंगले सञ्चालनमा रहेका कार मोटरसाईकल बरामद गरि सार्वजनिक गरेको हो ।

कञ्चनपुरका प्रहरी प्रमुख प्रकाशबहादुर चन्दले सरकारी कागजात किर्ते गरेर अवैध रुपमा कार मोटरसाइकलको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको बताए । उनका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का हिमाल जोशी र कैलाली भजनी–३ का गोकुल श्रेष्ठ छन् ।

उनीहरुको साथबाट एक लाख रुपैयाँ नगद, काठमाडौँ बैंकको १५ लाखको चेक, दुई थान ल्याप्टप, एक थान सुनको सिक्री, ९ वटा मोटरसाइक, एक वटा कार र दुई वटा खाली पासबुक, चाक्कु एक थान, कालो रङको झोलामा तीन थान चेकबुक, सरिका मल्टि टेर्डसको बिल बरामत गरेको प्रहरीले जानकारी दिएको छ । जोशी र श्रेष्ठलाई पक्राउ गरेपछि सेती र महाकाली यातायात व्यवस्था कार्यालयमा दर्ता भएर सवारी साधन बिक्रि वितरण भएको रहस्य खुलेको छ । बरामद गरिएका ८ कार मध्ये ६ कार दर्ता गरिएका छन् । भने, दुई वटा दर्ता प्रकृयामा छन् ।

यस्तै धौलागिरी यातायात कार्यालयबाट २२ मोटरसाइकल समेत बरामद गरिएका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले धौलागिरी यातायात कार्यालयमा दर्ता हुँदा घटनाको रहस्य खुलेको बताए । तस्करले घटना वाहिरिने डरले सवारी साधन दर्ता प्रकृया अञ्चलिकरण गरेको उनले बताए । अञ्चल यातायातका कर्मचारीसँगको मिलोमतोमा अवैध चोरीका सवारी साधन दर्ता गराएर राजस्व छलेको समेत कञ्चनपुर प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here