महिला हिंसा र हत्याका पछिल्ला शृंखलाहरु - बिसाउने चौतारी

हामी सबैलाइ जाेड्ने एउटै माध्यम

Home Top Ad

Post Top Ad

Responsive Ads Here

Jul 14, 2017

महिला हिंसा र हत्याका पछिल्ला शृंखलाहरु

 


केही दिनयता मुलुकका विभिन्न भागमा महिला हिंसा र हत्याका घटना बढिरहेकाप्रति सभामुख ओनसरी घर्तीले संसद्को गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । संसद्को बिहीबारको बैठकमा सभामुखले त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

महिला हिंसा र हत्याका पछिल्ला शृंखलाहरु
  • सोमबार कोहलपुर–४ बेलनपुरका अहमद अफतान बेरुवाले श्रीमती फुलटन बेरुवाको घाँटी रेटेर हत्या गरे । करिब ६ महिनाकी छोरीलाई मृतक आमाकै छेउमा छोडेर उनी श्रीमतीको टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण गर्न पुगे ।
  • आइतबार दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ मा छाउगोठमा सुतेकी २२ वर्षीया शान्ता शाहीको सर्पले डसेर मृत्यु भयो ।
  • रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ बाट दलित महिला सदस्यमा निर्वाचित बयानसरी कामीको तीन दिनअघि हत्या भयो । हत्याको आरोपमा श्रीमान् तेजबहादुर पक्राउ परे ।
  •  बाग्लुङको बडिगाड गाउँपालिका–२ खारापानीमा चार दिनअघि बेवारिसे अवस्थामा एक महिलाको शव भेटियो ।
  • चार दिनअघि खोटाङमा श्रीमान्को कुटाइबाट श्रीमती सख्त घाइते । 
दोषीमाथि कारबाहीको माग
रुकुम, दैलेख, बाँके, खोटाङ र बाग्लुङमा १० दिनयता महिलाको हत्या एवं हिंसा भएकामा आपत्ति जनाए । २५ असारदेखि आजसम्म देशका विभिन्न क्षेत्रमा महिला हिंसा र हत्याका डरलाग्दा घटना भइरहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

Responsive Ads Here